राम रहिमका समर्थकको लीला, २६ जनाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राम रहिमका समर्थकको लीला, २६ जनाको मृत्यु



भदौ १०, नयाँ दिल्ली ।

रकस्टार बाबा राम रहिमका समर्थकहरुले मच्चाएको हिंसा अहिले पनि जारी छ । उनीहरुले मच्चाएको हिंसामा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन ।

सरकारले हिंसाग्रस्त क्षेत्रमा कफ्यू आदेश जारी गरेको सडकमा सेना तैनाथ छन । भने राम रहिमका हजार बढी समर्थकलाई पक्राउ गरिएको छ । उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतको विशेष अदालतले यौन दुराचारमा दोषी ठहर गरेपछि बाबा राम रहिमलाई पक्राउ गरीएको छ । उनी पक्राउ परेपछि उनका समर्थकले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको छ ।

१५ वर्षअघि पेश गरिएको एक गुमनाम पत्रमाथि सुनुवाई गर्दै शुक्रबार पंचकुला सीबीआई अदालतले यौन शोषण मामिलामा बाबा राम रहिमलाई दोषी ठहर गरेको छ।

सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक अभियन्ता, अध्यात्मिक नेता, कलाकार, गायक र निर्देशकका रुपमा प्रख्यात छ।

विशेष अदालतले १५ वर्षअघिको पत्रका आधारमा रहिमलाई दोषी ठहर गरेको हो। यस घटनामा दोषी ठहर भएका रहिममाथिको सजाय आगामी सोमबार मात्रै तोकिनेछ। सन् २००१ मा बाबा रहिमकै एक महिला अनुयायी साधिकाले आफूमाथि बाबाले यौनदुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

हरियाणाको पन्चकुलामा रहेको सीबीआईको विशेष अदालतले यौन दुर्व्यवहारको अभियोगमा रहिमलाई दोषी ठहर गरेपछि अदालत परिसर बाहिर समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनका समर्थकले विरोध गर्नसक्ने संभावनालाई विचार गदैै पन्चकुलामा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर त्यसका बाबजुद यति ठुलो हिंसा भड्कियो, जसलाई प्रहरीले नियन्त्रणमा राखिरहन सकेन।