सुपरस्टार रामचरण तेजा बारे रोचक जानकारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सुपरस्टार रामचरण तेजा बारे रोचक जानकारी



दक्षिण भारतिय सुपरस्टार राम चरण तेजा पछिल्लो समय निकै चर्चामा छन् । उनि दक्षिण भारतकै चर्चित सुपरस्टार चिरंजीवीका छोरा हुन् ।

तेलुगु सुपरस्टार राम चरण तेजा साउथ फिल्मी क्षेत्रमा चर्चित छन् र केहि हिन्दि चलचित्रमा पनि अभिनय गरेका छन् । चरणले प्रियंका चोपडाको फिल्म जंजीरबाट बलीवुडमा डेब्यु गरेका थिए ।

राम चरणले आफ्नो फिल्मी करियरको शुरुवात २००७ मा फिल्म चिरुथा बाट गरेका थिए । उनको दोस्रो फिल्म एस एस राजामौलीको निर्देशनमा बनेको फिल्म मगधीरा थियो । मगाधिरा चलचित्रबाट प्रसंशकको दिलमा बसेका उनको करियरमा यसै फिल्मले युटर्न ल्याएको हो । यसै चलचित्रबाट रामचरणको नाम ठुला कलाकारमा दर्ज भएको हो ।

रामचरणले ओरेंज,नायक,येवादु,धु्रवा, खिलाडी नम्बर १५० जस्ता धेरै फिल्ममा काम गरेका छन् ।
रामचरणको बारेमा भारतिय मिडियाका अनुसार उनि भारतिय ९० करोडको आलिशान घरमा बस्दछन् । यो महल विश्वस्तरिय सुविधा सम्पन्न रहेको बताइएको छ । घरको भित्तामा महंग्रो महंग्रो चित्रहरुले सजाएका छन् । उनको आफ्नै प्रोड्क्शन हाउस पनि छ ।

 

उनले फिल्ममा मात्र काम गदैनन् उनि एक सफल बिजनेसमेन पनि हुन ।

राम चरणको उपनाम चैरी हो । उनले जुन २०१२ मा उपासना कमिनेनीसंग विवाह गरेका थिए ।
हाल रामचरण एस एस राजामौलिको ४ सय करोडको नयाँ फिल्ममा काम गरिरहेका छन्, यो फिल्ममा दक्षिण भारतकै अर्का सुपरस्टार जे आर एनटीआर पनि छन ।

दक्षिण भारतकै तीन हस्तीहरु सम्मिलित यो फिल्मलाई भारतीय कला क्षेत्रमा आशालाग्दो मानिएको छ ।