तपाइँलाई थाहा छ ! रक्सी पिउँदा चियर्स किन गरिन्छ ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

तपाइँलाई थाहा छ ! रक्सी पिउँदा चियर्स किन गरिन्छ ?



बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स ।

तर यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि सुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाइँदैन । त्यसो त संसारमा रक्सी कहिलेदेखि खान थालियो भन्ने पनि जानकारी पाइँदैन ।

रक्सी खाँदा सँगै बसेकारुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । नयाँ सिकारुहरुले त्यसरी जिब्रोले नचाखि तल राख्न त्यो गर्नुहुन्न भन्छन् बानी परेकाहरु ।

चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरू पाइन्छन् । एउटा चर्चित भनाइमा दुस्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो ।

यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बिच निकै युद्ध चर्किने गर्दथे ।

यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुवै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठुलो कचौरामा रक्सी पठाउने गर्थे ।

तर कहिलेकाहीँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।

यो स्थिति देखिएपछि पछि गएर दुवै सेनापतिहरु सँगै बस्ने, दुवै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भए पनि दुवै पक्ष मर्ने सम्भावना रहन्थ्यो ।

तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् । चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो ।

राजा महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने । प्राचीन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ ।

मध्यकालमा चियर्सलाई सम्मानको रूपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो ।

१७ औँ र १८ औँ शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठुलो झगडाहरु समेत निम्त्याए ।

सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतीक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन् ।