महानायक हमाल ५ वर्षिय बालकको अभिभावक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महानायक हमाल ५ वर्षिय बालकको अभिभावक



दीपा महत/कपिलवस्तु ।
देश ब्यापी रुपमा भर्ना अभियान संचालन भैरहेको बेला नेपाली चलचित्र जगतका महानायक राजेश हमाल एक बालकको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन् ।

महानायक हमालले कपिलवस्तु बुद्धभुमी नगरपालिका २ पुरेना निवासी ५ वर्षिय विपन्न परिवारका राज चौधरीको अभिभावकत्व ग्रहणगरी शैक्षिक जिम्मेवारी लिने जनाए ।

५ वर्षिय राज चौधरीको बुबाको एक वर्ष पहिले भारतको गुजरातमा करेन्ट लागी ज्यान गएको थियो । यो संगै उनको आमाले मजदुरी गरी परिवार धान्दै आएकि छन् ।

आर्थीक अवस्था निकै कमजोर रहेको उक्त परिवारमा दुई छोरा एक छोरी छन् । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले छोराको अभिभावकत्व ग्रहण गर्दा निकै खुसी लागेको आमा लक्ष्मी थारुले बताए ।

५ वर्षिय बालकको अभिभावकत्व ग्रहण गर्दै महानायाक हमालले बालकको अभिभावक बन्न पाउदा निकै खुसी लागेको बताए । बुद्धको जन्म भूमीकै नामवाट संचालनमा आएको बुद्धभूमी माविमा भर्ना गराएर अभिभावकत्व लिन पाउदा गौरवको अनुभुती भएको स्वष्ट पारे ।

उनले कलाकारीता आफ्नो पेशा भएपनि शिक्षाप्रती रुची भएको बताए । विद्यालयले आयोजना गरेको यस किसिमको कार्यक्रममा सहभागी हुन पाउदा निकै खुसी लागेको बताए ।

उनले बालबालिका भविष्य मात्र नभई वर्तमानको सम्बाहक भएको बताउँदै विद्यार्थीको अहिलेको बानी ब्यवहार र आचरणले भविष्य निर्धारण का लागी मद्दत गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महानायक हमालले प्रतिभा भनेको जहा जुनसुकै स्थानमा पनि हुन सक्ने बताए । कुनैपनि ब्यक्तीमा भएको प्रतिभालाई उजागर गर्न शिक्षाले मद्दत गर्न विश्वास ब्यक्त गरे ।

सरकारले सुरु गरेको भर्ना अभियान स्रहानिय रहेको भन्दै आफु पनि भर्ना अभियानमा सहभागि भएको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका प्रमुख सुरेन्द्र पराजुलीले विद्यालयको शैक्षिक स्तर बढाउनको लागी अभिभावक, विद्याथी संगै शिक्षकहरुको पनि सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बुद्धभुमी नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठ, उपप्रमुख मिरा चौधरी, स्रोत ब्यक्ती खेमराज पौडेल, बुद्धभुमी नगरपालिपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिशि, प्रअ रामप्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल लगाएतको उपस्थिती रहेको थियो ।