पुन: नाकाबन्दी गर्ने राजेन्द्र महतोको संकेत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुन: नाकाबन्दी गर्ने राजेन्द्र महतोको संकेत



राजविराज ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पहिले जस्तै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसअघि मधेशी दलहरुले गरेको सडक  आन्दोलनको आडमा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो ।

 

शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै उनले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने महतोलफे बताए ।