राजधानीमा दुई वर्षभित्र स्काई रेल ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजधानीमा दुई वर्षभित्र स्काई रेल !



काठमाडौं, काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी दुई वर्षभित्र काठमाडौंमा ‘मोनो रेल’ प्रणालीजस्तै स्काई रेल सञ्चालन गरिनेछ । साइमेक्सले तीन देखि चार महिनाभित्रै १० किलोमिटरसम्मको रुटमा स्काइरेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरेर महानगरपालिकालाई ‘रिपोर्ट’ बुझाउनेछ । काठमाडौंको अधिकांश क्षेत्रको अध्ययन सक्न कम्पनीलाई एक वर्ष लाग्नेछ ।

 अध्ययनअनुसार स्काई रेल चलाउन सक्ने देखिए एक वर्षभित्रै सञ्चालनमा आउन सक्ने साइमेक्सका अध्यक्ष प्रसिद्ध पाण्डेको दाबी छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।