के भयो रजनीकान्तको ‘काला’ ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

के भयो रजनीकान्तको ‘काला’ ?



सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘काला’ को जुन प्रकारको क्रेज थियो, त्यो आँकडामा बदल्न भने चुकेको छ। फिल्मको कारोबार केही राज्यमा औसतभन्दा पनि कम छ । कर्नाटकमा फिल्मको विरोध हुनु र बढीजसो राज्यमा रिलिज नहुनुको असर बक्सअफिसमा स्पष्ट देखिएको छ । ‘काला’ ले पहिलो दिन आन्ध्र प्रदेश र तेलंगानामा मात्र ६.५ करोडको करोबार गरेको छ । जुन औसतभन्दा पनि कम हो ।

यसअघि यी राज्यमा रजनीकान्तका फिल्मले सानदार कलेक्सन गरेका थिए । तर, फिल्मलाई चेन्नईमा निकै राम्रो रेस्पोन्स मिलेको छ । पहिलो दिन फिल्मले १.७८ करोडको कमाई गरेको छ । यो चेन्नई बक्सअफिसमा पहिलो दिन अहिलेसम्मकै सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ । तमिलनाडुमा लगभग सबै ठूला थिएटर्समा फिल्म प्रदर्शन भएको छ । कर्नाटकमा यो फिल्म १६० मध्ये मात्र दुई दर्जन सिनेमा हलमा प्रदर्शन भएको छ ।

विदेशको कुरा गर्ने हो भने यो फिल्म साउदी अरबमा रिलिज हुने पहिलो बलिउड फिल्म बनेको छ । सन् १९८० पछि साउदीमा सिनेमा घर बन्द गरिएको थियो । यो ब्यान्ड अप्रिलमा हटाइएको थियो र अमेरिकन फिल्म ‘ब्ल्याक पेनथर’ ३५ वर्षपछि रिलिज हुने पहिलो फिल्म बनेको थियो ।

रजनीकान्तको ‘काला’ लाई पीए रन्जीतले निर्देशन गरेका हुन् । नाना पाटेकर, हुमा कुरैशी र एस्वरी राव पनि पनि यस फिल्ममा लिड रोल छ । यो फिल्म एक ग्यांगस्टर ड्रामा हो, जसमा रजनीकान्त काला करीकलन नामको ग्यांगस्टारको भूमिकामा छन् । एजेन्सी, मुम्बई,