भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीद्वारा हातपात - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीद्वारा हातपात



गुजरात। भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

भारत पश्चिम दक्षिणी राज्य गुजरातको जामनगरमा क्रिकेटर रवीन्द्र जाडेजा की पत्नी रीवामाथि सोमबार राति प्रहरी कस्टेबलले हातपात गरेपछि त्यहाँ बबाल मिच्चिएको छ ।

रीवाबा सवार कारले टक्कर दिएपछि भएको विवादमा कस्टेबलले रीवाको कपाल समातेर गाडीमा पछारेको बताइएको छ ।

आफूमाथि भएको दूव्यवहारलाई लिएर रीवाबाले उजरी दर्ता गराएकी छन् ।गउ राति नै प्रहरीले कस्टेबल संजयलाई पक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ ।