राजधानीको न्युरोड र सुन्धाराको सडक बर्ढादा नौ मेट्रिकटन धुलो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राजधानीको न्युरोड र सुन्धाराको सडक बर्ढादा नौ मेट्रिकटन धुलो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड, रत्नर्पाक र टुाडिखेल आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सफाइको काम तीव्र पारेको छ । बिहीबार र शुक्रवार दुई बिहान काठमाडौँ महानगरका मुख्य सडकबाट ९ मेट्रिक टन धुलोसहितको फोहोर बटुलिएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाबाट परिचालित टोलीले बागदरबारदेखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड गेटदेखि जुद्ध सालिकसम्मको मूल सडकको धुलो बढारेको हो ।

यसरी सफाइ गर्दा झन्डै ९ मेट्रिकटन परिमाणमा धुलो माटो सङ्कलन गरेको हो । यसमा करिब ५ सय मिटरको लम्बाइको न्युरोड खण्डमा ५ मेट्रिक टन र बाँकी सुन्धारा खण्डबाट ४ मेट्रिक टन धुलोजन्य फोहोर भएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिए ।

यस्तो धुलो माटो सङ्कलन गर्न ६५ जना खटिएका थिए । सडकमा प्लास्टिक लगायतका फोहोर पनि सङ्कलन गरिएको हो ।