कतारमा नेपाली: लागुऔषधको भरिया - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कतारमा नेपाली: लागुऔषधको भरिया



काठमाडौं – राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा बढी जेल सजाय पाउने चौधरी नै हुन् । तर, लागूऔषधमा सजाय पाएका भने उनी मात्र होइनन् । कतारी जेलमा लागूऔषधको मुद्दासँग सम्बन्धित नेपाली मात्रै ३० जना छन् । ‘सबभन्दा धेरै नेपाली लागूऔषधसँग जोडिएका मुद्दामा जेल छन्,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘उनीहरू सबैको मुद्दा फैसला भइसकेको छ ।’ त्यस्ता मुद्दामा अनुसन्धानकै क्रममा रहेका नेपाली अन्य जेलमा पनि छन् ।

अदालतले लागूऔषध तस्करीसँग जोडिएकालाई ठूलो सजाय सुनाएको छ भने सेवनकर्तालाई कम । लागूऔषधकै मुद्दामा अभय लामाले १० वर्ष जेल र ४ लाख रियाल जरिवाना, वीरेन्द्र थापाले १० वर्ष जेल र दुई लाख रियाल जरिवाना, सन्तोष थापाले १० वर्ष जेल र ६ लाख रियाल जरिवाना, मुमबहादुर गुरुङले ७ वर्ष जेल र दुई लाख रियाल जरिवाना सजाय पाएका छन् ।

कतारी अधिकारीले नेपालीलाई विभिन्न आपराधिक गिरोहले प्रयोग गर्न थालेको भन्दै नेपाली दूतावाससमक्ष चासो पनि व्यक्त गरेका छन् ।