कसैसंग नडराउने पुटिन एक अनौठो मान्छे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कसैसंग नडराउने पुटिन एक अनौठो मान्छे



बीबीसी । रूसका राष्ट्रपति भ्लादिमीर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्शल आर्ट अन्तरगतको जुडो खेलका दुई खुबीहरु उनमा स्पष्ट रुपमा देखिनछन्, ती हुन् छल र आक्रामकता ।

पुटिनको यूक्रेनमा फौजी हस्तक्षेत्र गर्ने फैसलादेखि मार्च २०१४ मा क्रिमियालाई रूसमा मिलाउने निर्णय अथवा सीरियामा सरकार विरोधी विद्रोही समुहमाथि बमबारी ।

यी पुटिनका त्यस्ता फैसला थिए, जसले कयौं पर्यवेक्षकहरुलाई नतमस्तक बनाएको थियो । सीरियामा रूसको सहायताले बशर अल–असदको सरकारका समर्थक बलहरुलाई सहारा मिलेको थियो ।

६५ वर्षिय पुतिनले रूसको शक्ति प्रदर्शन गर्न न कुनै शंकोच माने र यस्तो गर्ने आफ्नो चाहनालाई लुकाए । वर्षौसम्म रूसलाई अमेरिका र नेटो सहयोगी देशहरु नजरअन्दाज गरिरहे ।

तर समय यस्तो आयो कि अमेरिकामा पुटिनका पुराना साथी येवगेनी प्रिगोजहिनमाथि २०१६ को अमेरीकी राष्ट्रपति चुनावमा दवाव दिएको आरोप लाग्यो ।

रूस–अमेरिका सम्बन्ध 

भनिन्छ, पुटिनको मनसाय अनुरुप नै येवगेनी प्रिगोजहिनले अमेरीकी राष्ट्रपति चुनावलाई ट्रम्पको पक्षमा प्रभावित गर्ने प्रयास गरे । चुनावमा कथित धोखाधडीको यो मामिला सामाजिक सञ्जालमा धेरै नै उछालियो । परिणाम स्वरुप अमेरीकाले पुतिनका निकट अधिकारीहरुमाथि अनेक प्रतिबन्धहरु लगायो ।

मार्च २०१४ पछि यूक्रेनमा रूसी सैनिकको हस्तक्षेपको विषयमा यूरोपीय संघ र अमेरीकाले केही प्रमख रूसी अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाए ।

प्रतिबन्धका कारण पुटिनका कयौं सहयोगीहरुको पश्चिमा देशहरुको यात्रामा रोक लाग्यो र उनीहरुको व्यापारमा यसको प्रत्यक्ष असर देखियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन आफुलाई मन पर्ने र रुसका साथ आफ्नो मुलुकले सम्बन्ध सुधार गर्न चाहेको कुरा सार्वजनिक रुपमै भनिसकेका छन् ।

तर केही मानिसहरु अमेरीका–रूस सम्बन्धमा देखिएको चिसोपनालाई नयाँ शीतयुद्धको नाम दिँदै आएका छन् । दुबै मुलुकबीच अविश्वासको खाडल झनझन गहिरो हुँदै गएको बताइन्छ ।

‘रणनीतिक साझेदार’

रूस अहिले यूरोपीय संघको ‘रणनीतिक साझेदार’ पनि छैन् । पश्चिमी मुलुकहरु पुटिनमाथि पूर्वी यूक्रेनमा रूस समर्थक विद्रोहीहरुलाई हतियार र सैन्य सहायता पु¥याइरहेको आरोप लगाउँदै आएका छन् ।

तर पुटिनले आफमाथि लागेको आरोप अस्वीकार गर्दै केही रूसी नागरिक सरकारको नीति विपरित विद्रोहीको सहयाताका लागि त्यहाँ गएको दावी गरिसकेका छन् ।

यूक्रेनको आन्तरिक राजनीतिमा दबाब दिएको आरोपमा पनि पुटिन भड्किने गर्दछन् । यूक्रेनमा ‘तख्तापलट’ बाट बाध्य भएर तत्कालीन राष्ट्रपति भिक्टर यानुकोविच फेब्रुअरी २०१४ मा रुस भागेका उनको भनाई छ । यूक्रेन संकटभन्दा पहिले पुटिनले सोभियत संघको पतनलाई ‘२० औं शताब्दिको सबैभन्दा ठूलो महाविनाश’ भनेका थिए । रूसको सीमासम्म जालीको विस्तारलाई पुतिनले चर्को विरोध गरेका थिए ।

कष्टकर बालापन

भ्लादिमीर पुटिनको लाललपालन लेनिनग्राद (अब सेन्ट पीट्सबर्ग) मा यस्तो वातावरणमा भएको थियो, जहाँ स्थानीय युवकहरुबीच कुटपिट सामान्य मानिन्थ्यो । ती युवकहरु कयौं पटक पुतिनभन्दा ठूला र बलिया हुन्थे । यही कारण पुतिन जुडो खेलतर्फ आकर्षित हुन पुगे ।

क्रेमलिनको वेबसाइटका अनुसार पुटिन अध्ययन पुरा गर्नुअघि नै सोभियत गुप्तचर सेवामा जागिर खान चाहन्थे । अक्टूबर, २०१५ मा पुटिनले भनेका थिए, ‘‘५० वर्ष पहिले लेनिनग्रादका सडकहरुले मलाई एक नियम सिकाएका थिए । यदि लडाई हुने निश्चित छ भने पहिलो मुक्का हान ।’’

रूसमा चरमपन्थीको आक्रमणको पखाईभन्दा उत्तम सीरियामा उनीहरुसँग लड्नु उत्तम रहेको सन्देश दिन खोजेका थिए ।

‘‘जासुसदेखि राष्ट्रपतिसम्मको यात्रा’

१) १९५२ अक्टूबर ७ मा लेनिनग्राद (अब सेन्ट पीटर्सबर्ग) मा पुटिनको जन्म भएको थियो ।

२) उनले कानूनको पढाई गरे । त्यस पछि उनी सुरक्षा एजेन्सी केजीबीसँग आवद्ध भए ।

३) पुटिन साम्यवादी पूर्वी जर्मनीमा जासुस पनि बने । सुरक्षा एजेन्सी केजीबीका केही सहयोगी उनी युगमा शीर्ष पदमा रहे ।

४) १९९० को दशकमा सेन्ट पीटर्सबर्गका मेयर एन्टोनी सोबचकले पुटिनसँग भेटघाट गरे । जसले उनलाई पहिले कानून पढाएका थिए ।

५) १९९७ मा पुटिन रूसका पहिलो राष्ट्रपति बोरिस येल्तसिनको सरकारमा सहभागि भए । उनलाई संघीय सुरक्षा सेवाको प्रमुख (प्रधानमन्त्री) बनाइयो ।

६) १९९९ मा येल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिएपछि पुटिनलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रदान गरियो ।

७) २००० मा भ्लादिमीर पुटिनले राष्ट्रपति चुनाव सहजै जिते ।

८) २००४ मा उनी फेरी दोस्रो कार्यकालका लागि राष्ट्रपति बने ।

९) रूसी संविधान अनुसार तेस्रो पटक राष्ट्रपति चुनाव लड्न नपाउने भएपछि उनी रुसका प्रधानमन्त्री बने ।

१०) २०१२ मा पुटिन तेस्रोपटक राष्ट्रपति चुनावमा जित्न सफल भए । बिबिसी