पुर्व राजाले अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनमा के घोषण गर्दै छन् त ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुर्व राजाले अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनमा के घोषण गर्दै छन् त ?



असोज १७ । आउँदो कात्तिक ४, ५ र ६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन हुने भएको छ । सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्दैछन् ।

सम्मेलनमा जगतगुरु शंकराचार्य, भारतीय सांसद आर.के.सिन्हा, योगगुरु बाबा रामदेवलगायत सो सम्मेलनमा सहभागी हुनेछन् । काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने सम्मेलनको तयारी तिव्र पारिएको आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजक विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी सचिव अस्मीता भण्डारीले जानकारी दिइन् ।

विश्वका ४४ देशका हिन्दूहरूको प्रतिनिधित्व रहने विराटसभामा चारवटै पीठका शंकराचार्य र एक हजारभन्दा बढी मठाधीश तथा धार्मिक गुरुहरूको सहभागिता रहनेछ । दुई लाखभन्दा बढी हिन्दू सनातनीहरूको सहभागिता गराइने उक्त सभामा विभिन्न मुलुकबाट करिब दुई हजार प्रतिनिधि उपस्थित रहने आयोजक पक्षले जनाएको छ । रंगशालामा उद्घाटन सत्रको आयोजना गरिए पनि कमलपोखरीस्थित जैन भवन या अग्रवाल भवनमा बन्द शत्र र टुँडिखेल खुला मञ्चमा समापन समारोह आयोजना गर्ने योजना छ ।

सनातनी हिन्दूहरूको अन्तर्राष्ट्रिय विराट सम्मेलनले नेपाललाई हिन्दू राष्ट्र बनाउन विशेष प्रस्ताव पारित गर्ने तयारी आयोजकहरूले गरेका छन् । त्यसबाहेक नेपाललाई हिन्दू राष्ट्रकै रूपमा कायम राख्ने अठोटसहित सो महासभाले विभिन्न कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको आयोजित पत्रकार सम्मेलनमा बताइयो ।