डा. रामबरण यादवलाई घर छाड्न १५ दिने अल्टिमेटम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा. रामबरण यादवलाई घर छाड्न १५ दिने अल्टिमेटम



काठमाडौँ ।

पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न सुचना जारि गरिएको छ । आज एक दैनिक पत्रिकामा  सूचना प्रकाशित गरी १५ दिन भित्र घर छाड्न निर्देशन दिइएको छ ।

राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको भन्दै यसरी घर छाड्न सूचना जारी गरिएको छ । पटक–पटक घर खाली गर्न सूचना दिदा पनि घर खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निनकाले यस्तो बताएका हुन् ।

मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने विष्टले निकालेको सूचनामा छ ।

पूर्व राष्ट्रपति यादव २०७२ साल कार्तिक १२ गतेदेखि ललितपुरको बागडोलस्थित विष्टको घरमा बस्दै आएका थिए ।

तर, गत श्रावण १ गतेदेखि घर वहाल सम्झौता नगरी बहाल रकम र विजुलीको विजल रकम समेत भुक्तानी नगरी राष्ट्रपति यादव जबरजस्ती घरमा बसिरहेको आरोप विष्टले लगाएका छन् ।

यसअघि पनि राष्ट्रपतिको आवासको विषयमा बेलाबेला विवाद आउने गरेको थियो ।