हो म पुरुष वेश्या हुँ ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

हो म पुरुष वेश्या हुँ !



अञ्जना केसी

सधैँको राती जस्तै आज पनि मेरी स्वास्नी मलाई खाना कुरेर बसेकी छे । ऊ म विदेश जानु अगाडी मन पराएर बिहे गरेकी बुढी हो । मलाई औधी माया गर्छै सायद मैले भन्दा धेरै । म अबेर फर्किँदा पनि उसलाई कहिले गुनासो हुँदैन । ऊ छक्का पन्जा केही जान्दिन । १२ बजे घर पुग्दा पनि ऊ खुसी छे ! दिनभरिको निचोड खुसी । दाल भात काउली र बासी अचार लस्करै थालमा हालेर मन्द मुस्कान मिसाएर दिई। मेरो जिब्रोसँग खुर्सानीको बासी अचारले स्नायु गतिलाई पिरो पारिदियो । मलाई माया मिसाएर दिएको भातले त्यति स्वाद आएन । ऊ दुखी नहोस् भनेर मिठो लागे जस्तो गरी खाएं ।

बेडमा सुतिसकेका दुइटा बच्चा को अनुहार पालै पालो हेरेर सुत्ने कोसिस गर्दै थिएँ । बुढीले मेरो अनुहार हेरी रही । मनभरि भारी अपेक्षा बोकेर मलाई छोइदियोस भन्ने । मेरा ऑखामा आफ्नो ऑखाको मिलन गराएर । मैले ऑखाको परेली झुकाएं उसलाई हेर्न मन नलागे जसो गरेर। मैले उसको ऑखामा हेर्न सक्दिन, उसको अपेक्षा पुरा गर्न पनि सक्दिन ‘ रातभरि छटपटी हुन्छ ।
मेरा दिन के यसरी नै बित्ने होलान् त ? मेरी पत्नी, जसका पनि अरू महिलाका जस्तै इच्छा ऑकाक्षा हुदाहुन । मेरो लोग्नेले मायाले बोलाइदियोस, रोमान्टिक कुरा गर्दै छोइदिओस । तर म विवश छु, लाचार छु, उसको नामर्द लोग्ने ।

बिहानी पख कहिले काहीँ उसलाई छुन खोज्छु । तर ऊ झरकिदै उठ्छे । बच्चाहरूको काममा लाग्छे म फेरी १० बजे सम्म निदाइरहन्छु । फोन बज्न साथ गरुंगो ऑखा लिएर ब्युँझन्छु । रातभरिको भावनाले त्यति छोडेको हुँदैन । घरी घरी बुढीको अनुहारमा हेर्छु,नराम्री देख्छु घरी टल्लकिएका दॉत देख्छु, लट्टिएको कपाल देख्छु । घरी गरुङ्गो हिँडेको जस्तो लाग्छ, आजकल कालो पोतिएका ऑखा र रातो लेप लगाइएका ओठसँगको सामिप्यताले मेरी मन पराएर बिहे गरिएकी आफ्नै सन्तानकी ममतामयी आमा सँग घरीघरी तर्सिन्छु । उसले टिठलाग्दो ऑखाले मेरो अनुहारमा हेर्छे, म चुपचाप उसले पकाएको खान नखाई महिमाले किनिदिएको बुलेट चढेर बाहिर निस्कन्छु ।

महिमा ! उनी म भन्दा १२ वर्ष जेठी छिन । उनको काठमान्डौमा राम्रो विजनेश छ । श्रिमानसंग बिहे गरेको ३ वर्षमा नै डिभोष भयो रे जतिबेला छोरी दुई वर्षकी मात्र थिइन । अहिले छोरी अस्ट्रेलियामा नर्सिगं पढ्दै छिन ।

समाजको नजरमा म उनको ड्राईभर हुँ । उनको काममा म हाजिर हुन्छु । उनको काम नहुँदा अर्को काम गर्छु । जुन समाजको नजरमा अवैध मानिएको छ । वेश्या ! हो म त्यै पुरुष वेश्या हुँ ।

एक दिन म महिमा को घरको गेटमा पुग्दै गर्दा पैँतिस वर्ष जस्तो देखिने महिला मुस्कुराउदै गेट खोलिन । यो भन्दा पहिले कहिले नदेखेको गोरो दुब्लो अनुहार ।
मलाई हेर्दै उनी बोलिन ,
महिमा दिदी मेरो श्रिमानको गाडीमा सँगै अफिस गाइसक्नु भयो । तपाईँ आउन ढिला गर्नु भयो !
मैले सोधे !
म्यामले मलाई फोन पनि गर्नु भएन त ?

आज ९ बजे देखि नै स्टाप मिटिगं छ रे ।

म चुपचाप मेरो बाइकको अडेस लगाएर बसेँ । १० बजे अफिस पुराउनु पाँच बजे लिन जानु मेरो नियमित काम र कहिले काहि कुनै कामले बाहिर निस्कनु बाहेकको मेरो फुर्सदिलो समयमा पैसा आउने कन्ट्याक वाला काम गर्थे । कहिले धेरै हुन्थ्यो कहिले हुँदैनथ्यो । आज के गर्ने होला भनेर सोच्दै थिएँ ।
मेरो मौनतालाई भङ्ग गर्दै गोरी आइमाई बोलिन ।
तपाईँ सँग केही सल्लाह गर्नु थियो । जाउन माथि !
महिमाको घरको बैठकको सोफामा बस्यौ ।

तपाईँले गर्ने कामको बारेमा मलाई थोरै थाह छ । महिमा दिदीले भन्नु भएको थियो । तर आज जे भन्दै छु त्यो महिमा दिदी सँग नभन्नु होला ।
यी आईमान्छेहरु किन भन्दै हिड्छन ? अर्काको बारे ? मनमा झनक्क रिस उठ्यो । त्यसो त सुरुमा कन्ट्याट्को काम महिमा ले नै गरेकी थिइन । मलाई पैसाको लोभमा यो दलदलमा फसाउने पनि उनै हुन ।
मैले नभन्ने सहमतिमा मुन्टो हल्लाए ।
मेरो नाम निमा हो । महिमा दिदी मेरो ठुली आमाको छोरी हो । उहाँले नै हाम्रो बिहे गरिदिनु भएको थियो १२ वर्ष अगाडी । यो सहरको राम्रो बिजनेस म्यानसँग ।

हामी बच्चा चाहन्छौ । उपचार कहिकतै बाकी नराखी गर्‍यौ । समस्या देखिँदैन तर संन्तान हुँदैन । मेरो श्रिमानलाई सुगर अनि प्रेसर दुवै रोग छ त्यो मात्र कारण नहुन सक्छ संन्तान नहुनुमा । डक्टरको सल्लाह अनुसार उहॉ टेस्टट्युब वा अन्य विधिबाट सन्तान जन्माउन राजी हुनुहुन्न “मेरो आफ्नो संन्तान भए ठिकै छ होइन भने अरूको संन्तान चाहिँदैन । तर मेरा बाध्यता, मेरो संन्तानको चाहना कसले बुझिदिने ? समाजमा एउटा इज्यत छ, पैसा मानसंम्मान छ, तर सन्तान बिनाको पैसाको के काम भनेर खिल्ली उडाउने काम आफ्नै आफन्तले गरेको देख्दा पिडा कति हुन्छ त्यो तपाईँ महसुस गर्न सक्नु हुन्न । हराभरा कोख भएर पनि बॉझो बस्नुको पिडा कसले बुझ्न सक्छ र ?। प्लिज मेरो कोख भरिदिनुस् । त्यसको बदला म तपाईँको परिवारका सबै आवस्कता पुरा गरिदिन्छु ।

म चुपचाप बसे, मलाई खुसी भन्दा दुख बढी लाग्यो । मेरो पुरुषत्व लिलाम बिक्री गरेर कसैको कोख भरिदिने प्रस्तावलाई म नाई नभनि मौन स्वीकृति जनाएँ ।

उनले फेरि बोलिन,
वातावरण म तयार गर्नेछु, कोखको जिम्मेवारी तपाईँले पुरा गर्नु पर्नेछ । तिन लाख बच्चा बसेको थाहा हुने दिन दिनेछु पॉच लाख जन्मेको दिन। यो कुरा तपाईँ र म बाहेक कसैलाई थाह हुने छैन । बच्चाको अनुहार तपाईँ देख्न इच्छा पनि नराख्नु होला । पैसा कम भयो भने भन्नु होला ।
आज २० हजारको चेक दिन्छु बॉकी पैसा काम पछि ।
म आफूलाई सलमान खान ठाने फिल्म साइन गर्नु अगाडीको डिल गरे जस्तो । आधा खुसी आधा दुखी भएँ । खुसी यो मानेमा भएँ कि मेरो नसोचेको पैसा आउदैछ । दुखी यो मानेमा भए मेरो पुरुषत्व सँगै ८ लाख २० हजारमा मेरो नजनमिएको सन्तान बिक्री गर्दैछु ।

त्यसपछि विभिन्न ठॉउ र विभिन्न समयमा उनकै इच्छा अनुसार पटक पटक बेचे आफूलाई । निरन्तर भेटधाट र सम्पर्क भइरह्यो टोए जस्तै उनको इच्छामा प्रयोग भइरहे । म बिस्तारै आफूले गर्ने गरेको पेसा परिवर्तन गर्ने सोच्थे, तर बच्चाहरूको स्कुल फि घर भाडा अनि परिवारका आवश्यकताले उम्कन सक्ने स्थिति नै थिएन । अरू ब्याबसाय गर्दा ऋण नपत्याउने र डुबिने खतरा बढी थियो ।

मलाई सजिलो थियो त्यो पेसा गर्नको लागी । मान्छेले पुरुषलाई शङ्का नगर्ने र आन्तरिक कन्ट्याक्ट बाट नै काम हुने हुनाले महिलालाई जस्तो प्रशासन वा अन्य कुरा बाट बचेर हिँड्नु नपर्ने तथा थोरै काम पैसा पुग्ने नै हुने हुँदा पेसा परिवर्तन गर्ने हिम्मत आउँदैनथ्यो । तर अलि कम उत्साहित थिएँ । पहिले जस्तो उत्साह पटक्कै थिएन ।
शुक्रवारको दिन थियो ५ बजे नै महिमा म्यामलाई घर पुराएर सरासर आफ्नो डेरामा आएँ । बुढीले पकाएको चाउचाउको सुर्पि तान्दै गर्दा मोबाइलमा फोन बज्यो !फोन निमाको थियो ।

हेलो ! मलाई बधाई दिन्नौ ? म आमा बने नि !

म पनि त बाबा बने नि मलाई खोइ त बधाई ? खुसी हुँदै बोलेँ ।

बडी कुरा नगर भोलि ११ बजे ३ लाख लिन आऊ, उनले भनिन ।

म नबोलि फोन राखे ।

आडैमा बसेकी मेरी सोझी बुढीले मेरो अनुहार कौतुहलता पूर्वक हेरेर बसेकी थिई ! मेरो कुराको मेसो पाई कि पाइन उही जानोस् । तर म यति खुसी भए कि जसलाई शब्दमा समेट्न सकिँदैन । पैसा पाउने भन्दा पनि निमाको पेटमा मेरो बच्चा बसेको खुसी ।

मेरा दुई छोराछोरी हुर्किए तर पेटमा हुदाको सारो गारो मैले कहिले महसुस गरिन तर एतिबेला जो पेटमा नबस्दै बेचिएको छ उसको ममताले मन खुसीले बेचैन छ ।

अर्को दिन नौ बजे नै महिमा म्यामको घर पुगेर उनलाई अफिसमा छोडिदिएँ । फर्केर निमा को घर गएँ । निमाको श्रीमान् अफिस गाइसकेका थिए । मलाई भारी धन्यवाद दिँदै ३ लाखको बिटो थमाईदिइन । १० हजार चाही टिप्स बच्चाहरूलाई केही किनेर लग्दिनु भन्दै दिइन । निमाको श्रिमानले बच्चा बसेको खुसीमा किनिदिएको गहना र थुप्रै गिफ्ट पनि देखाइन । उनका कुरा सुन्नु भन्दा एक पटक अँगालो हालेर उनको कानमा बधाई दिन मन थियो । म नजिक जान खोज्दै थिएँ हातले छेक्दै उनी भन्दै थिइन मलाई नछोउ पेटको बच्चालाई असर गर्छ । म लज्जित भएँ म त भाडा तिरेको पो श्रीमान् थिएँ त । मैले कति छिटै बिर्सिएँ ।

क्रमश : अर्को भागमा

लेखिका