२०७५ असार ९, शनिबार

पुरुषले जुम्ल्याहा बच्चा जन्माए

June 10, 2018
58 Views
Spread the love
  • 56
    Shares

एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको छ । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् ।

भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन् । नाम तथा अन्य शारीरिक अवस्थाको आधारमा महिला जस्तै भएपछि पुरुषको जस्तै एक्स वाइ क्रोमोजोम भएका ती व्यक्तिले जुम्ल्याहा बच्चा जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए ।

भारतको गुडगाउँका बासिन्दा ती व्यक्तिको नाम खुलाइएको छैन । पुरुषको जस्तै क्रोमोजोम भएको तर शारीरिक अवस्था तथा अंगहरु महिलाको जस्तै भएको कारण ती व्यक्तिले गर्भाधारण गर्न सकेका थिएनन् । पुरुषको जस्तै एक्स वाइ सेक्स क्रोमोजोम भएका कारण उनको सरीरमा यौन हर्मोन तथा डिम्ब समेत विकशित हुँदैनन् ।

त्यसैले उनी मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए ।

डाक्टरका अनुसार उनको अविकशित पाठेघरलाई विकशित बनाउनका लागि हर्मोन तथा इन्डोक्राइनल उपचार गरियो । तत् पश्चात उनको पाठेघर बच्चा हुर्किन लायक भयो र जिन्दगीमा पूरै ३२ वर्षपछि उनको पहिलोपटक महिनावारी समेत गराउन डाक्टरहरु सफल भए । तत् पश्चात उनका श्रीमानको शुक्राणुबाट ह्युमन टिस्यु कल्चर प्रविधिको सहायताले भ्रुण तयार गरियो र उक्त भ्रुण उनको गर्भाशयमा प्रत्यारोपण गरियो ।

अन्ततः उनले फेब्रुअरी ६ का दिन जुम्ल्याहा बच्चा जन्माए जसमध्ये एउटा छोरा र अर्को छोरी छन् ।

Facebook Comments
  • 56
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…