नेताहरुमाथि यसरी खनिए पूर्वराजा ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेताहरुमाथि यसरी खनिए पूर्वराजा !



काठमाडौं ।

भारतको धार्मिक भ्रमण सकेर नेपाल फर्केका पुर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक दलमाथि घुमाउरो भाषामा प्रहार गर्दै खनिएका छन् ।

उनले  प्रजातन्त्र दिवसको अवसर पारेर जारी गरेको विज्ञप्तिमा मुलुकको अस्थिरताबारे चिन्ता ब्यक्त गरेका छन् ।

प्रजातन्त्रमा सबैले सम्मानित गर्दछन् भन्ने विश्व व्यापी मान्यता र विश्वास छ । तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता,सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन ? उनको मुख्य प्रश्न छ ।

 विज्ञप्तीमा उल्लेख छ ,प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुँदैन । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ ।’
११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको उल्लेख छ । यो वर्तमान समयमा जनतामा उब्जेको ठुलो प्रश्न हरेको बताएका छन्।