प्रियंका चोपडा १० वर्ष कान्छा निक जोनससँग प्रेममा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रियंका चोपडा १० वर्ष कान्छा निक जोनससँग प्रेममा



अमेरिकन गायक निक जोनस र अभिनेत्री प्रियांका चोपडासँगै रमाइलो समय बिताइ रहेका छन्, स्रोतका अनुसार नयाँ यो जोडिलाई लस एन्जल्समा डिनर डेट गरिरहेको बेलामा भेटिएको थियो।

गएको बिहीबार पश्चिमी हलिवुडको टोका मडेरामा सँगै डिनर गरिरहेका थिए, ‘चेन’ गीतका २५ वर्षे गायक र ‘क्वान्टिको’ को अभिनेत्री ३५ वर्षे चोपडा काँधमा टाउको राखेर आफ्नो माया साट्दै थिए । त्यहाँ अरु मानिस आएपछि उनीहरु सामान्य रुपमा बसेनन् ।

उनीहरु एकदमै मायामा भएको जस्तो देखिन्थे, उनीहरुको माया देखेर यस्तो लाग्थ्यो उनीहरुलाई त्यहाँ जो कोही आए पनि मतलब छैन। स्रोतका अनुसार प्रियांकले मायालु पारामा आफ्नो हात निकको कपालसम्म पुर्‍याइन्, उनीहरु दुवै हाँसे र बजिरको संगीतमा नाँचे।

स्रोतको अनुसार उनीहरु एक अर्कामा निहित देखिन्थे र एकदमै सुन्दर देखिन्थे । जोनस र चोपडा एक वर्ष अगाडिदेखि सँगै देखिएका हुन् र केही हप्तादेखि अत्यन्तै नजिक देखिन्छन् ।

अघिल्लो हप्ता पनि उनीहरुलाई बलिउडमा भएको ‘बिउटी एण्ड ब्लास्ट’ लाइभ कन्सर्टमा सँगै रमाइरहेको भेटिएको थियो । यो समय स्मरणीय भएको उनीहरुले बताएका थिए ।

आन्तरिक स्रोतका अनुसार यो अत्यन्तै आश्चर्यको कुरा हो, उनीहरु हरेक समय एक अर्कालाई सन्देश पठाइरहेका हुन्छन् । स्रोतका अनुसार यो औपचारिक सम्बन्ध थिएन ।

गएको वर्षको मेट गालामा उनीहरु सँगै भएको फाटो पोस्ट गरेका थिए, तर पछि चोपडाले एउटै डिजाइनरले बनाएको कपडा लगाएको भएर सँगै गएको हो भनेकी थिइन् ।

त्यति बेला टेलिभिजन प्रस्तोता जिमी किमेलले आफ्नो शोमा अभिनेत्रीलाई व्यंग्य गर्दै सोधेका थिए, ‘के तिमी निक जोनसलाई डेट गरिरहेको छौ? तिमीलाई उ ११ वर्षको जस्तो लाग्दैन ?’

‘हामी दुवैले एउटै फ्यासन डिजाइनर, राल्फ लाउरेनले बनाएको कपडा लगाएका थियौँ र सँगै जाने निर्णय पनि गरेका थियौँ। मैले उसको उमेर सोधिन, ११ ? त्यो कुरा मलाई थाहा थिएन ।’ चोपडाले जवाफ फर्काइन्, ‘हामी एउटै टेबलमा थियौ, हामी पहिला देखिनै एक अर्कालाई चिन्थ्यौँ। उसले सोध्यो, ‘तिमी सँगै जान चाहन्छौ? अनि मैले, ‘ओके, ल सँगै जाउँ’ भने र यो कुरा हाम्रो कामसँगै अन्त्य भयो ।’

किन सबै प्रियांका र निक जोनस डेटमा छन् भन्छन् ?
सन् २०१७ को मेट गालामा सँगै देखिएपछि प्रियांका चोपडा र निक जोनस प्रेम सम्बन्धमा छन् भन्ने हल्ला चलेको थियो ।

उनीहरुले यो सम्बन्ध साथीको मात्र रहेको बताएका थिए, तर त्यसपछि देखिएको उनीहरुको क्रियाकलापले उनीहरु साथित्व भन्दा धेरै रहेको विश्वास गरिन्छ।

प्रियांकाले रियालीटि शो मा जिमी किममेलको व्यंग गर्दै भनेका थिए, यदि तिमी अमेरीकाको संघियता जाँच आयोगको डिरेक्टर भइस भने र पोलिग्राफ परिक्षण गर्नुपर्‍यो भने तिमीले निक जोनसको लिन्थ्यौ होला है ?

अर्को कुरा अहिले उनीहरुलाई यो हप्तानै तीन पटक डेट गइसकेका छन् । यो एकदमै स्मरणीय रहेको छ ।

यू एस विक्लीको रिपोर्ट अनुसार उनीहरु गएको शुक्रबार बिउटी एण्ड बेस्ट कन्सर्टमा सँगै देखिएका थिए । उनीहरु केहि समय अगाडि कलाकार विल्मर भाल्डरामा र चोर्ड ओभरस्ट्रीटमा सँगै देखिएका थिए ।