पृथ्वीनारायण शाहको मूर्तिमा थुक्दै जनजाति नेताहरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पृथ्वीनारायण शाहको मूर्तिमा थुक्दै जनजाति नेताहरु



मुलुकका विभिन्न ठाउँमा ‘राष्ट्रिय एकता दिवस’ मनाइरहँदा कीर्तिपुरवासीले भने पृथ्वीनारायण शाह र दिवसको विरोध गरेका छन् । नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।

बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । ‘राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।

त्यसैगरी पृथ्वीनारायण ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए । त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले विचार व्यक्त गरेका थिए । त्यसअघि काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्‍याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।