प्रेम नै नगरे पछि सेक्सको के स्वाद ? - गायिका छन्त्याल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रेम नै नगरे पछि सेक्सको के स्वाद ? – गायिका छन्त्याल



समीर प्रकाश पाण्डे

नेपाली लोकदोहोरीको क्षेत्रमा पछिल्लो समयमा थुप्रै नयाँ अनुहारहरू देखिन थालेका छन् । कोही यो क्षेत्रमा सोख पूरा गर्न आउछन त कोही यसै क्षेत्रमा नाम दाम कमाउन प्रवेश गरेका हुन्छन्।

नेपाली साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्य अठोट बोकेर बाग्लुङ जिल्ला बधिघात गाउँपालिका ३ सिसाखानीमा बुवा महेन्द्र छन्त्याल र आमा लीला छन्त्यालको कोखबाट २०५७/ ३ / २८  सालमा जन्मिएकि गायिका निरा छन्त्याल विगत ४ वर्ष देखि साङ्गीतिक क्षेत्रमा रमाउने रहर बोकेर राजधानी काठमाडौँ प्रवेश गरेर सङ्घर्ष गरी रहेकी छिन ।

सुरुवाती दिनहरूमा काठमाडौँमा केही सङ्घर्ष भएता पनि आज भोलि स्टेज प्रोग्राम, विविध सांस्कृतिक कार्यक्रमले गर्दा केही सहज भएको गायिका छन्त्याल बताउँछिन् । उनले थपिन हामी सबै मिलेर नराम्रा गीतहरूलाई प्रोत्साहन नदिने हो भने बिस्तारै लोक सङ्गीतमा भयको विकृतिहरू आफै हराएर जाने उनले दाबी गरिन ।

गायिका छन्त्यालले अहिले सम्म थुप्रै गीतमा स्वर दिईसकेकी छन् तर उनी भन्छिन् “निरा भनेर मलाई चिनाउने लोक दोहोरी गीत “पिरतीको डोरी ” नै हो । जुन गीतलाई दर्शक श्रोताले निकै माया गरिदिनु भएको थियो ”।

प्रेम र सेक्सलाई कसरी लिनु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् प्रेम सबैलाई गरिन्छ तर दिल खोलेर केटा मान्छे सँग अहिले सम्म प्रेम गरेकी छैन । अब प्रेम नै नगरे पछि सेक्सको स्वाद नै थाहा छैन त्यो त झन् परै को कुरा भयो ।

बाग्लुङ र गुल्मी जिल्लामा संन्चालित लोक तारा अडिशनको विजेता पछि निरन्तर रूपमा लोक दोहोरी क्षेत्रमा लागि परेकी छन्त्यालले अब विशेषगरी तीजका कोसेली बजारमा ल्याउने तयारी गरेको बताइन ।