प्रवासमा नेपाली साहित्यलाई फलाउन फुलाउन हाम्रो सधैँ जोड हुन्छ:अश्रु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रवासमा नेपाली साहित्यलाई फलाउन फुलाउन हाम्रो सधैँ जोड हुन्छ:अश्रु



साहित्यकार जीविका कार्की  ‘अश्रु ‘- परिचय:

नाम: जीविका अश्रु

बुबा : मीन प्रसाद खतिवडा

आमा: अम्बिका पोखरेल

पति: प्रकाश कार्की

जन्मस्थान: जाँते-३  बेल्टार,मोरङ

हाल बसोबास : गान्तोक,पूर्व सिक्किम

– बजारमा आएका कृतिहरू:

कृति : अक्षर प्रेम ( गजल सङ्ग्रह )

शब्द शिविर ( संयुक्त गजल सङ्ग्रह )

–  अहिलेसम्म प्राप्त गरेका सम्मान/पुरस्कार

:- सृजनशील नारी साहित्य सम्मान नमस्ते साहित्य परिषद्,ओखलढुंगा,नेपाल ।

‎:- हाम्रो मझेरी गजलश्री सम्मान , हाम्रो मझेरी साहित्य प्रतिष्ठान,चितवन,नेपाल।

:-सृजन सम्मान पुर्वोत्तर हिन्दी साहित्य अकादमी,असम,भारत

:- तथागत सृजन सम्मान ,२०१७, सिद्धार्थ तथागत कला साहित्य संस्थान, शिद्धार्थनगर, उत्तर प्रदेश भारत

– वर्तमान अवस्थामा सलग्नता भएका साहितिक मन्चहरु

:- अभियान साहित्य समिति राङ्का,पूर्व सिक्किम ।

: नेपाली साहित्य परिषद् ,सिक्किम ,आजिवन सदस्य

:- बिराट साहित्य संगम,विराटनगर,मोरङ, आजिवन सदस्य

:-पल्लव साहित्य परिषद्, नारायणगढ, चितवन, आजिवन सदस्य

:- पूर्वोत्तर हिन्दी साहित्य अकादमी सिक्किम शाखा , संस्थापक सदस्य ।

उनै साहित्यकार/ गजलकार जीविका अश्रु सँग पत्रकार ओम प्रकाश बानियाँले गर्नु भएको अन्तर्वार्ता जस्ताको तस्तै :-

 प्रवासमा बसेर साहित्य सृजनामा समय कसरी निकाल्नु हुन्छ ?

– जब मान्छे आफ्नो देश, भाषा प्रति लालयित हुन्छ तब उसलाई समय समय निकाल्न कुनै अप्ठ्यारो पर्दैन । सिरिफ चाहना र जागर चैँ अवश्य गर्नुपर्छ ।

 साहित्यमा सक्रिय हुनु भएको कति भयो ?

-रुचि, चासो सानैबाट थियो । गाउँ-घर, समाजमा हुने प्राय सबै कार्यक्रममा सहभागी हुन्थे । तर सक्रिय रूपमा लागेको चैँ ३ वर्ष भयो ।

अहिलेसम्म कति वटा कृति प्रकाशन गरी सक्नु भयो ?

– अक्षर प्रेम भन्ने एउटा गजल सङ्ग्रह प्रकाशन गरे । सबैले मन पराई दिनु भयो । सबैको माया पनि पाए । त्यसकै प्रेरणाले गर्दा २ ओटा अहिले प्रेसमा छ, प्रकाशन हुने क्रममा छ ।

 घर-परिवार बाट कत्तिको सहयोग पाउनु भएको छ ?

– मेरो पहिलो प्रेरक नै परिवार हो । छोराछोरी, श्रीमान् प्रकाश कार्कीबाट सोचेको भन्दा धेरै सहयोग पाएको छु । यति साथ सहयोग पाउने घर पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।

पहिलो कृति प्रकाशन गर्दा कतिको अपठ्यारो, बाधा-अवरोध वा आर्थिक रूपमा कठिनाइ भएको थियो ?

– पहिलो पटक प्रकाशन गरेकोले हरेक कुरामा अप्ठ्यारो त थियो नै, तर पनि कवि गण्डकी पुत्र, गजलकार मधु पोखरेल , कवि सत्यनारायण पण्डित ‘सिङल’ र समाजसेवी रामबाबु दाहालको साथ सहयोग साथै श्रीमान् प्रकाश कार्की र छोराछोरीको सहयोगले कृति निकाल्न सफल/ सहज भयो ।

आर्थिक सङ्कट पनि नभएको हैन । तर पनि अन्य सबै कवि गजलकार भन्दा फरक त कसरी हुन सक्छु र म पनि। बाधा ब्यबधान त आइहाल्छ्न तर धैर्य पूर्वक समाधान भयो ।

राजनीतिमा कत्तिको अपडेट हुनुहुन्छ ?

– एक व्यक्तिले समाजको आर्थिक, सामाजिक, राजनीतिक कुराको अपडेट भई राख्नु पर्छ जस्तो लाग्छ । तर म कुनै पार्टीको सदस्य छैन । सिकिम्म तिरै बसोबास भएकोले खासै चासो नि लाग्दैन । सामाजिक सञ्जाल र पत्रपत्रीका पढे अनुसार अहिले नेपालमा चुनाव आएको छ । काङ्ग्रेसको नेतृत्वमा सरकार छ भन्ने थाहा छ ।

साहित्यलाई प्रवासमा अझ बढी सक्रिय वा फैलाउन तपाईँबाट के अपेक्षा राख्न सकिन्छ ?

-सर्वप्रथम त यहाँ रहनु हुने सम्पूर्ण नेपालीले साहित्यलाई फलाउन फुलाउन हाम्रो सधैँ जोड हुन्छ । हामीले यहाँ विभिन्न किसिमका साहित्यिक  कार्यक्रमको आयोजना गर्छौँ । त्यस बेला नेपालबाट स्रष्टाहरुलाई अतिथिको रूपमा बोलाउछौ/सम्मान गर्छौँ । चाहे भानु जयन्ती होस् या देवकोटाको जन्म जयन्तीका साथै विभिन्न चाडपर्व साथै अन्य समयमा गजल, कविता वाचन हुने गर्छ । आगामी दिनमा पनि त्यो निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।