प्रवासी नेपाली मञ्च दुबईको राज्य कमिटी गठन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रवासी नेपाली मञ्च दुबईको राज्य कमिटी गठन



-ओम प्रकाश बानियाँ

प्रवासी नेपाली मन्च दुबईले राज्यकमिटीको छैठौ अधिवेशन सम्पन्न गरेको छ ।

वर दुबईको सिल्भर रेस्टुरेन्टको सभाहलमा आयोजित सो कार्यक्रमको सभापतित्वमा दिपक राउत, प्रमुख अतिथि प्रवासी नेपाली मञ्च दुबई राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कडेल, बिशेष अतिथि र अतिथिहरुमा उपाध्यक्ष महेश गिरी, मोती राई, भिम गुरुङ, महासचिब भेष राज ढकाल, बुद्धिजीवी, समाजसेवी, ब्यापारी, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छैठौं अधिबेशन बाट १३ जनाको कार्यसमितिको प्रस्ताव पेश भएको थियो । ११ जनालाई निर्वाचन मन्डलले नै चयन गर्यो भने बाकी दुई जनालाई भने निर्वाचित टिमले पछि मनोनीत गर्ने छ ।

नवनिर्वाचित अध्यक्षमा मणिराम खतिवडा, उपाध्यक्ष कैलाश भण्डारी, सचिब दिलीप खाती, सह-सचिब भगिरथ चापागाई, आर्थिक बिभाग प्रमुख बस्ति लामा, सदस्यहरुमा राजु बोगटी, बसन्त कार्की, अनिल श्रेष्ठ, बाबुराम बिश्वकर्मा, रिता आचार्य र नेत्र भुषाल रहेका छन् ।

कार्यक्रममा सयौंले प्रवासी नेपाली मञ्च प्रबेश गरेका थिए । नब आगान्तुकलाई कार्यक्रमका प्रमुख अतिथिले खादा तथा टीका लगाई प्रवेश गराउनु भएको थियो । प्रमुख अतिथि कडेलले नयाँ कार्यसमिति बाट चयन हुनु भएको सम्पुर्णलाई बधाई साथै यस कमिटीले प्रवासमा रहेक नेपाली श्रमजीवीको पक्षमा अग्रपंक्तिमा रहेर आवाज उठाउन सकोस् भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रम प्रबासी नेपाली मञ्चका सचिव प्रबिन पोख्रेलद्वारा सन्चालन गरिएको थियो ।