प्रनेसंघ भारत महाराष्ट्र गुजरातद्धारा अब बन्ने सरकारलाई ध्यानाकर्षण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रनेसंघ भारत महाराष्ट्र गुजरातद्धारा अब बन्ने सरकारलाई ध्यानाकर्षण



प्रेम ढुंगाना, मुम्बई –

प्रवासी नेपाली सङ्घ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको सातौँ बैठक औरङ्गावाद नगर समितिको व्यवस्थापनमा औरङ्गावादमा राज्य समिति अध्यक्ष कटक शाही को अध्यक्षतामा र सह सचिव डी एम बुढाको सञ्चालनमा सम्पन्न भयो बैठकमा प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली सङ्घ भारतका महासचिव प्रवासी नेपालीका आस्थाका केन्द्र डम्बर रावलको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रूपमा प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सदस्य तथा महाराष्ट्र गुजरात संयुक्त राज्य समिति इन्चार्ज गिरिराज बेल्बासे , केन्द्रीय सदस्य टेक बहादुर रावल “भिजन”र केन्द्रीय लेखा विभाग सदस्य भीम बहादुर भण्डारी को उपस्थिति रहेको थियो ।

बैठकले नेपालको वर्तमान राजनीति अवस्था पार्टी एकता र प्रवासी नेपाली हरूको समस्याको विषयमा व्यापक छलफल भयो राज्य समितिका केही साथीहरू स्वदेशमै स्थापित भयको ले रिक्त स्थान पुर्ती गर्ने काम सर्बसहमती बाट चयन गरेको छ राज्य समिति उपाध्यक्षमा माधव बेल्बासे , सचिवमा प्रेम राज ढुंगाना ,वरिष्ठ सह सचिवमा डी एम बुढा ,सह सचिव जनक खड्का ,सह सचिव बिरेन्द्र बडुवाल ,सचिवालय सदस्य खम्म सिंह बुढा ,नैन सिंह आउजी र सल्लाहकार सदस्यमा कमल कार्की रहेका छन् ।

बैठक लाई मार्गदर्शन गर्दै प्रमुख अतिथि रावलले अब यो समितिले महाराष्ट्र गुजरात क्षेत्रका हरेक ठाउँमा प्रवासी नेपाली हरूको हक हित र अधिकारको लागि निरन्तर काम गर्नु पर्नेछ ।वर्तमान अवस्थामा बाम एकताको आवास्यक छ र प्रवासमा पनि अब हामीले के कसरी अगाडि बढ्ने प्रवासी नेपाली हरूको हरेक समस्या र अहिलेको चुनौती को विषयमा प्रस्ट पार्नु भयो कम्युनिस्ट स्थापना र प्रवासी नेपाली आन्दोलनको विषयमा हाल सम्म प्रवासी नेपाली हरूले गरेको योगदानको विषयमा प्रस्ट पार्दै नेपालको वर्तमान राजनीतिक अवस्था एक नयाँ मोडको साथमा अगाडि बढ्दै छ ,बाम गठबन्धनले प्रस्ट बहुमत पाएको अवस्था छ जनतालाई विकास चाहिएको छ नेपाल राष्ट्र सबल र समृद्धि बनाउनु छ कम्युनिस्ट हरू काम गर्नका जन्मेका हुन अब तत्काल नेपाल परिवर्तनको एक खाका तयार पारेर अब बन्ने सरकार अगाडि बढ्नु पर्नेछ नेपाल अझै यस्तो अवस्थामा छ जहाँ जनताले अहिले सम्म गाडी समेत देख्न पाएका छैनन् नदी नाला बगेका छन् तर सिँचाइ गर्न सकिरहेको छैन ,खानेपानी को राम्रो सुविधा जनताले पाएका छैनन् स्वास्थ्यको त्यस्तै समस्या छ यो विषयमाथि अब बन्ने सरकारको ध्यान जाओस् जनताको इच्छा चाहाना अनुसार काम गरेर नेपाल लाई विकसित राष्ट्र तर्फ उन्मुख बनाउनु बाम गठबन्धन सरकारले नयाँ योजना बनाएर जाओस् र प्रवासी नेपाली हरूको समस्याको विषयमा ध्यान जानुपर्ने भन्दै निर्वाचित लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसलाई परित्याग गरी भजनी नगरपालिका वडा न ४ गाउँ कमिटी सदस्य शेर सिंह बिक प्रवासी नेपाली सङ्घ भारत मा प्रवेश गरेका छन् उहाँलाई प्रमुख अतिथि रावलले फुल माला र अबिर सहित स्वागत गर्नु भयको थियो ।