प्रमोद खरेलको आवाज ,सिर्जना र कुमारको उत्कृष्ट अभिनयमा 'झुठो रैछ यो संसार' सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रमोद खरेलको आवाज ,सिर्जना र कुमारको उत्कृष्ट अभिनयमा 'झुठो रैछ यो संसार' सार्वजनिक(भिडियो सहित)



 काठमाडौँ, नेपाली साङ्गीतिक क्षेत्रमा एक सफल निर्देशकको पहिचानबाट आफ्नो नाम स्थापित गराउन सफल निर्देशक तथा मोडल हुन कुमार केसी । केसीले निर्देशन गरेका सुगम सङ्गीत र लोकदोहोरी दुवै विधाका धेरै गीतहरूले साङ्गीतिक बजारमा चर्चा कमाउन सफल छन् भने आफ्नो निर्देशन मा उनी आफैले अभिनय गरेका पनि धेरै गीत सफल छन् ।

भर्खरै मात्र पनि कुमार केसी कै निर्देशन र अभिनय रहेको आधुनिक गीत झुटो रैछ यो संसार सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको आवाज मा रहेको यश गीतलाई शङ्कर कोइराला ले रचना गरेका हुन भने कस्तुप पन्तको सङ्गीत रहेको छ ।

अजय रेग्मीको छायाङ्कन ,दीपक विष्ट को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा सिर्जना जिसि ले कुमार सँग स्क्रिन शेयर गरेकी छिन ।

हेर्नुहोस् भिडियो :