प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यक्रर्ता पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यक्रर्ता पक्राउ



डोल्पा । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लव समुह नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ ।

नेपाल बन्द आह्वानको सिलसिलामा गत वैशाख ३० मा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिकाको– ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर भगाएपछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा, चन्दा रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरिएको छ । घटनामा संलग्न छ जनामध्ये दुई जना पक्राउ गर्न सफल भए पनि तीन जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस