प्रहरी र स्थानीय व्यवसायीबीच झडप - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रहरी र स्थानीय व्यवसायीबीच झडप



रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप हुँदा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् ।

बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठी प्रहार गरेको हो ।

प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ । भने श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट छ । घाइतेहरुलाई राति नै तामाकोसी सहकारी अस्पतालमा ल्याएर उपचार गरिएको प्रहरीले जनाएको छ ।