प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको छ ।

उनलाई भवन विभागले बालुवाटारमा कार्यक्रमगरी स्वागत गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री नियुक्ती लिएको भोलिपल्ट शुक्रबार बालुवाटार छाडेका थिए ।