प्रदेशीयका युवाहरुले हेर्ने पर्ने मार्मिक गीत 'अईफोनको रुख' (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रदेशीयका युवाहरुले हेर्ने पर्ने मार्मिक गीत ‘अईफोनको रुख’ (भिडियो सहित)



किस्ना आचार्य रोशनी/काठमाडौँ

नेपाली सांगीतिक  क्षेत्रमा विगतका बर्षहरु देखि नै सक्रिय रहँदै आफ्नो सिर्जना गायन र अभिनय कलाबाट लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल गायक तथा सर्जक हुन् प्रेम सापकोटा सोनु । बहु प्रतिभाका धनी सोनु पछिल्लो समय गायन र सिर्जनाबाट मात्रै नभै निर्देशन विधाबाट समेत आफूलाई यस क्षेत्रमा स्थापित गराउने क्रममा छन् ।

उनले सिर्जना गरेका स्वर भरेका र अभिनय गरेका धेरै गीतहरूले नेपाली सागीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल छन् ।भने उनले निर्देशन गरेका म्युजिक भिडियोहरू पनि दर्शकले उत्तिकै मन पराइदिँदै आइरहेका छन् विगत ३ वर्ष देखि जापानलाई कर्मथलो बनाउँदै आएका प्रेम परदेशको बसाइ व्यस्त समयको बाबजुत पनि आफ्नो सांगीतिक  यात्रालाई कत्तिपनि विचलित हुन् दिएका छैनन् ।

उनी भन्छन् सबैभन्दा ठुलो इच्छा शक्ति रहेछ भर्खरै मात्र प्रेम कै लय  शब्द स्वर र निर्देशनमा मुकुन्द न्यौपानेको प्रस्तुतिमा आइ फोनको रुख नामक लोक गीत सार्वजनिक भएको छ । आर्थिक रूपमा सम्पन्न भएर आफ्नो घपरिवार आफन्त साथीभाइ इष्टमित्र सबैलाई खुसी पार्ने सुनौला सपना बोकेर लाखौँ रुपया साहुसँग ऋण मागेर परदेश उडेको एक युवाको वास्तविक पिडालाई र नेपाल बस्ने उसका आफन्त घरपरिवार साथीभाइका आपेक्षा के के हुन्छन् भन्ने कुरालाई कथा बस्तु बनाएर सिर्जना गरेको यस गीतको म्युजिक भिडियोमा सोही कुरालाई चित्रण गरिएको छ ।

स्वयम्  सापकोटाको निर्देशन रहेको यस गीतको म्युजिक भिडियो संगम प्रकाश कडेलले खिचेका हुन् भने रमित बलिले सम्पादन गरेका छन् ।कामना म्युजिक प्रा लीले बजार व्यवस्थापन गरेको यस गीतमा मुकुन्द न्यौपाने र सुबिना न्यौपाने लगायत अन्य साथीहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

https://youtu.be/pvIhyDDklsE