प्रदेश ५ : अाज तेस्राे संसद बैठक १ बजे ,उपसभामुखकाे चयन हुँदै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रदेश ५ : अाज तेस्राे संसद बैठक १ बजे ,उपसभामुखकाे चयन हुँदै



अाचार्य प्रदीप
बुटवल । प्रदेश नम्बर ५ काे तेस्राे संसद बैठक अाज बस्दैछ । संसद सचिवालय मा दिउँसाे १ बजे बस्ने बैठकमा उपसभामुखकाे चयन गर्ने कार्यसुचि रहेकाे छ ।

यता नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आज बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका हुन् ।

‘उपसभामुख चयन जस्तो महत्वपूर्ण कार्यशूचि रहेको र मत विभाजनसमेत हुनसक्ने अवस्था भएकाले सांसदहरुलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

नेता ढकालले प्रदेश पाँचका सबै जिल्लाका गठबन्धनका सांसदहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।

उपसभामुखमा सांसद किस्नी थारुको उम्मेदवारी परेको छ भने कांग्रेसकी सांसद रीना नेपालले पनि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ ।

उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन ।संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुख चयन हुन लागेको हो ।

यस्ताे छ बाम गठबन्धनले जारी गरेकाे बिज्ञप्ति