प्रदेश नं १ संसदीय दलका नेतामा नेकपा माओवादी केन्द्रका टङ्क आङबुहाङ - Himal Post Himal Post
  • १ बैशाख २०८१, शनिबार
  •      Sat Apr 13 2024
Logo

प्रदेश नं १ संसदीय दलका नेतामा नेकपा माओवादी केन्द्रका टङ्क आङबुहाङ



विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङलाई सर्वसम्मत चयन गरेको छ । उनी ताप्लेजुङबाट निर्वाचित प्रदेश साँसद हुन ।

माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताइन ।

त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ ।

प्रदेश नं १ का ९३ सांसदमध्ये माओवादी केन्द्रका १५ र उदयपुरबाट माओवादी केन्द्रका सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताए ।

प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टीभित्र विचार र सङ्घर्ष हुनु स्वाभाविक भएको बताए ।