प्रदेश न. १ प्रहरी टिम फाईनलमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदेश न. १ प्रहरी टिम फाईनलमा



ओम प्रकाश बानियाँ/कमल खड्का

बराह-३ नडाहमा जारी प्रथम मेयर कप अन्तर्गतको शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश न. १ प्रहरी टिम विजयी भएको छ ।

आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश न:१ प्रहरी फुटबल टिम बिच भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेस न:१ प्रहरी टिम ट्राइब्रेकर मार्फत ४-३ गोल अन्तरले बिजय भएको हो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो। पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको आयोजक एभरेस्ट फुटबल क्लब दोस्रो हाफको २० औ मिनेटमा जेर्स्री न: १९ का रमेश राजबन्शीले डब्बल पहेलो कार्ड पाउँदा १० जनामा समेटिएको थियो। प्रहरीका मित्र बस्नेत, जयनारायण चौधरी, उज्ज्वल राई, नगेन्द्र दाहालले गोल गर्दा दिलबहादुर तामाङको प्रहार एभरेस्ट क्लबका गोल किपर सुर्य अधिकारिले बचाएका थिए ।

एभरेस्ट क्लबका हेमन्त थापामगर, निसान लिम्बु र भुसन सुब्बाले गोल गरे भने पुजन उपरकुटी र सुरज सुनुवारको प्रहार बाहिरन पुगेको थियो। उक्त खेलका म्यान अफ द म्याच एभरेस्ट फुटबल क्लबका जेर्सी न:८ का हेमन्त थापामगर भए। उनले प्रहरी सहायक निरीक्षक जितु साहको हातबाट नगद २५ सय सहित ट्रफी प्राप्त गरेका थिए ।

फाइनल खेल ७ गते आइतबार १ नम्बर प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लब बराह बिच हुने भएको छ। फाइनल बिजेताले नगद एक लाख एक हजार सहित ट्रफी र उपबिजेताले एकाउन्न हजार नगदसहित ट्रफी हात पार्ने छन् ।