प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते



बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि माघ २१ का लागि बैठक बोलाएका हुने । बैठकको सार्वजनिक सूचना भने आइतबार मात्रै प्रकाशित हुनेछ । प्रदेश सचिव सनत दुवाडीले २१ गते बैठक बोलाउने गरी आइतबार सूचना प्रकाशित हुने बताए ।

प्रदेशको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा हुनेछ । संसद भवन निर्माणका लागि आइतबारदेखि काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । ‘संसद बैठक उद्योग वाणिज्य संघको हलमा हुने भएको छ । आइतबारदेखि डेकोरेशनको काम सुरु हुनेछ’, उनले भने ।

मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय, अख्तियार र तापतौल कार्यालयको भवन मध्ये एउटा प्रयोग गर्ने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका सचिव शंकर पाठकको सल्लाह बमोजिम कार्यालय तोकिने बताइएको छ ।