प्रदेश ७ मा आज बजेट ल्याउदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रदेश ७ मा आज बजेट ल्याउदै



कैलाली । ७ नम्बर प्रदेशको सरकारले पहिलोपटक आज अल्पकालिक बजेट ल्याउने भएको छ । आज संसद बैठकमा प्रस्तुत गरीने बजेटका सम्बन्धमा सम्पूर्ण तयारी पुरा भईसकेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।

प्रदेशमा ३ महिनाका लागि १ अर्ब २ करोडको बजेट ल्याइन लागिएको मन्त्री बोहराले बताउनु भयो । मन्त्री बोहराले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा चालू आर्थिक बर्ष ३ महिनाको बजेट पेश गर्ने बताउनु भयो ।

सबैभन्दा बढी प्राथमिकता कृषि क्षेत्रलाई दिईएको बताईएपनि शिक्षा, स्वास्थ्य र पर्यटनलाई पनि प्राथमिकता दिएको मन्त्री बोहराले सम्मेलनमा बताउनु भयो । प्रदेश सरकारले फाष्ट ट्रयाकबाट ल्याइएको बजेट खर्च गर्नका लागि ३ महिनाको मात्रै समय रहको छ । बजेटमा दीर्घकालीन ठुला योजनाहरु भन्दा तत्काल पुरा गर्न सकिने योजनाहरु समावेश गरिएको मन्त्री बोहराले बताउनु भयो ।

सानो आकारको बजेट भएपनि प्रदेशका बासिन्दाहरुले तत्काल अनुभुती गर्ने योजानाहरु शिक्षा ,स्वास्थ ,खानेपानी , सडक जस्ता तत्काल गर्न सकिने कार्यक्रम बनाएको मन्त्री बोहराले बताउनु भयो