प्रदेश ७ मा मन्त्रिमण्डल विस्तार, मुख्य मन्त्री सहित अन्य ६ जनाले लिए सपथ - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

प्रदेश ७ मा मन्त्रिमण्डल विस्तार, मुख्य मन्त्री सहित अन्य ६ जनाले लिए सपथ



धनगढी ,कैलाली  ।। प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ६ जना अन्य मन्त्रीहरुले पनि शनिबार साँझ सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सहित छ जना मन्त्रीलाई शनिबार प्रदेश प्रमुख मोहनराज मल्ले आफ्नै कार्यालयमा एक समारोहको आयोजना गरि पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले दिउँसो ३ बजे भट्टलाई पद तथा गोपनीयताको सपथ गराउने भएपनि एमाले र माओवादी बिच भागबण्डा नमिल्दा साँझ साढे६ बजे सहमती पछि मात्रै सपथ ग्रहण कार्यक्रम भएको थियो ।

प्रदेश नम्बर ७ को माओवादीका मुख्यमन्त्रीको त्रीलोचन भट्टको नेतृत्वमा सात मन्त्रलाय गठन गरिएको छ । एमालेका तर्फबाट दीर्घ सोडारीलाई सामाजिक विकास मन्त्रालय, प्रकाश शाहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पठानसिह बोहरालाई भौतिक पुर्वाधार तथा योजना मन्त्रालय, माया भट्टलाई उद्योगपर्यटन वन तथा बातावरण मन्त्रालय र माओवादीका झपट बोहरालाई आर्थिक तथा योजना मन्त्रालय, विनीता चौधरीलाई भुमि व्यबस्थापन, कृषी तथा सहकारी मन्त्रालयको जिम्मेबारीदिएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री र मन्त्री मण्डल बिस्तार गरिएको हो । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनतापार्टीका २ सांसद छन् । सपथ ग्रहण पछि मुख्यमन्त्री त्रिलोचन भट्टले संचारकर्मिहरुसंग कुरा गर्दै प्रदेश नम्बर ७ को विकासमा आफ्नो प्रथमिकता रहने बताए ।