अपाङ्गताको विषयमा प्रदेश सरकार सकारात्मकः मन्त्री गिरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अपाङ्गताको विषयमा प्रदेश सरकार सकारात्मकः मन्त्री गिरी



बुटवल । प्रदेश नम्बर ५ उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री लीला गिरीले अपाङ्गताको क्षेत्रमा प्रदेश सरका जहिले पनि सकारात्मक भएको बताएका छन् ।

प्रदेश सरकारले कानुन निर्माण गरी प्रदेशको काम कारबाही अगाडी बढाउने क्रममा अझै पनि धेरै काुनहरु निर्माण गर्न बाँकी रहेको भन्दै मन्त्री गिरीले प्रदेशको कानुन बनाउने विषयमा समेत अपाङ्गता क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्ने बताएका छन् ।

बिहीबार अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालको आयोजनामा भएको दृष्टिविहिन विद्यार्थीहरूको लागि पढाईइ तथा क्षमता अभिवृ प्रवोधिकरण र एन्ड्रईड मोबाइल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले अव बन्ने प्रदेशको कानुनमा विशेष प्राथमिकता प्रदान गर्ने प्रतिवद्वता जनाएका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री गिरीले भने–‘अपाङ्गता हुनु कुनै पनि रहरको कुरा होइन, हामी जुन सुकै जस्तो परिस्थितिमा पनि अपाङ्गता हुन सक्छौ, त्यसले उनीहरूको हक अधिकार स्थापनाको लागि हामी जहिले नि सकारात्मक छौँ । ’

अपाङ्गता भएका व्याक्तिहरुमा पनि अन्य व्याक्तिहरु भन्दा बढी क्षमता हुने भन्दै उनले उनीहरूको क्षमता पहिचान गरी सोही अनुरूपको क्षमताको कदर गर्न आफू कहिल्यै पनि पछाडि नपर्ने बताएका हुन । अपाङ्गता भएका व्याक्तिहरुले अपेक्षा गरे अनुरूपको अहिले पनि विकास हुन नसक्नु दुर्भाग्य भएको भन्दै मन्त्री गिरीले अव बन्ने संरचना अपाङ्गमैत्री निर्माण गर्नको लागि आफूले सक्दो पहल गर्ने समेत बताएकाथिए ।

कार्यक्रममा एविसिल फाउण्डेसन नेपालका प्रमुख तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय पूर्व अध्यक्ष डा। विरेन्द्रराज पोखरेल ले नेपाल भरमा दृष्टिविहिन विद्यार्थीहरूको लागि लक्षित गरेर करिब ४ सय वटा एन्ड्रोइड मोबाइल प्रदान गर्न लागिएको जानकारी दिएका थिए ।

उनका अनुसार हाल सम्म करिब ५सय ५० वटा दृष्टिविविहन भएका विद्यार्थीहरूको लागि पाठ्यक्रम लोड गरिएको एन्ड्रोइड फोन प्रदान गरिसकिएको छ । विशेष डेजि नामक सफट्वेर राखिएको उक्त फोनमा राखिएका पुस्तकहरू आवाज निकाले आफ्ै पढ्ने गर्दछ, जुन आवाज सुनेर विद्यार्थीहरूले आफ्नो पढाई पुरा गर्दछन् । प्रदेश नम्बर ५ मा ८७ जना विद्यार्थीहरूलाई यस्तो मोबाइल प्रदान गर्न लागिएको छ । जस मध्ये बिहीबार ४२ वटा प्रदेश नम्बर ५ का ६ वटा जिल्लाका विद्यार्थीहरूलाई प्रदान गरिएको छ । यस्तै नेपाल गञ्ज र सुर्खेतमा गरी अन्य ४५ वटा मोबाइल प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा लोकतान्त्रिक अपाङ्ग सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्मा, नेपाल दृष्टिविविहन उत्थान सङ्घ रुपन्देहीका अध्यक्ष हुमनाथ अधिकारी, दृष्टिविहिन विद्यार्थी सुन्दर गौतम, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य देविदत्त आचार्य लगायतले कार्यक्रममा बालेका थिए ।