प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती



काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् ।

उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलनलाई प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे ।

पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाए ।

झण्डै आठ महिनाको लामो प्रयासपछि हिजो बिहीवार नेपालकै दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले ऐतिहाँसिक पार्टी एकता घोषणा गरेको भोलिपल्टै किराँतीले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

नेता किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतीय शासकसमाू निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

किराँतीले थपे,‘ओलि–प्रचण्ड गठबन्धनको प्रतिक्रन्तीकारी हर्कत विरुद्ध माओवादी एवम् नेपालको बाह्य र आन्तरिक राष्ट्रिय स्वाधिनता पक्षधर सम्पूर्ण शक्तिहरुबीच सम्बाद, संयुक्त आन्दोलन तथा क्रान्तिकारी केन्द्रिकरणको आव्हान गर्दछौं।’

नेकपा (माओवादि केन्द्र), राष्ट्रिय भेला आयोजक समिती प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अबका कामहरु कसरी बढाउने भन्ने एक पत्रकारको प्रश्नमा उनले भने,‘राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिती गठन गर्ने र सर्वहारा वर्गको सेवामा आफ्नो पार्टी सँधै सर्मपित भैरहनेछ र समाजवादी व्यवस्था लागु गर्ने कुरामा हाम्रो जोड छ ।’

विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह गरेका छन् । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उनले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माँग गर्दा उल्टै निश्काषन गरिएको आरोप समेत लगाएका छन् ।

नेता किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह समेत गरेका छन् ।