प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !



 

एमाले र माओवाली केन्द्रका शीर्ष नेताहरुको प्रतिबद्धता सुन्दा आजभोलि नै एकता होलाजस्तो देखिन्छ । तर, २०७४ असोजमा पार्टी एकीकरणको सार्वजनिक घोषणा गरेर संयुक्त घोषणपत्रमार्फत निर्वाचन जितेर सरकार बनाइसकेपछि पनि एकताको मिति पटक पटक सरिरहेको छ ।

एकता विरोधी राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले एकता सरेको हैन टरेको श्यालहुईया मच्चाउन थालिसकेका छन् । तर, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सार्वजनिक आश्वानलाई विश्वास गर्ने हो भने पार्टी एकिकरण ढिलोचाँडो भएरै छोड्छ ।

यसअघि दुवै पार्टीका शीर्ष नेताहरुले २०७५ बैशाख ९ गते एकीकरण गर्ने चर्को प्रचारबाजी गरेका थिए । तर त्यो दिन एकीकरण सम्भव नभए पनि पार्टी स्थापना दिवसको अवसरमा दुवै पार्टीका वरिष्ठ नेताहरुले एकताबारे जनतालाई विश्वस्त तुल्याउन संयुक्त कार्यक्रम आयोजना गरियो ।

एमाले माओवादी केन्द्रका नेताहरुको कुरा पत्याउने हो भने आगामी २०७५ वैशाख २२ गते माक्र्स जयन्तीमा पार्टी एकता हुने बुझिएको छ । पार्टी एकिकरण कार्यदलमा रहेका एमालेका एक नेताका अनुसार आन्तरिक रुपमा पार्टी एकीकरण अझै गम्भीर रुपमा तयारी सुरु भएको छैन । त्यसैले उक्त मिति पनि सर्ने सम्भावना प्रवल रहेको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार ओली–प्रचण्डको चमत्कारिक निर्णयले पार्टी एकीकरण तत्काल हुनसक्ने झिनो सम्भावना बाहेक वैशाख २२ गते एकता हुने ओली सरहकै बहदलीय जनवादी माधव नेपालविरुद्ध यतिबेला भित्रभित्रै जेहाद छेड्न सुरु गरेका छन् ।