४० वर्ष अघि प्रचण्डले लेखेको एउटा पत्र - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

४० वर्ष अघि प्रचण्डले लेखेको एउटा पत्र



२०३४ सालमा हालका माओवादी केन्द्रका नेता एवं पूर्व प्रधानमन्त्री प्रचण्ड जम्मा २३ वर्षका थिए । उनले धनुषा शहिद नगरका लालबाबु हाथीलाई एउटा मार्मिक पत्र लेखे । त्यतिबेला हाथी शिक्षण पेशामा थिए । प्रचण्डको मार्मिक पत्र हाथीको हृदयसम्म पुग्यो र उनी राजनीतिमा लागे । यस्तो थियो बि.सं. २०३४ साल असार २ गते प्रचण्डले हाथीलाई लेखेको मार्मिक पत्र :

श्री लालबाबु हाथी ज्यू,
यस संसारमा मानिसको बाँच्ने अधिकार हो भने अरुलाई बाँच्न दिने कर्तव्य हो । त्यसैले हामी साँच्चै नै असल मानिस भएर बाँच्न चाहन्छौं भने आफ्नो लागि मात्र होइन, अरुको लागि पनि काम गर्न आवश्यक छ । संसारमा शान्ति आउनका लागि एउटा यस्तो क्रान्ति आवश्यक छ, जसअनुसार प्रत्येक मानिसले क्षमता अनुसार काम गरुन् र आवश्यकता अनुसार उत्पादित चीज वस्तु प्रयोग गर्न पाउन् । यही नै मानिसको सर्वोत्तम कर्तव्य र अधिकार हुनेछ कि ? यसबारे एकपल्ट गहिरिएर विचार गर्नुहुन मेरो अनुरोध छ ।

– पुष्प

(स्रोत : पत्रपत्रिका )