प्रचण्ड र ओलीबीच छलफल सकियो, एकता संयोजन समितिको बैठक भोली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड र ओलीबीच छलफल सकियो, एकता संयोजन समितिको बैठक भोली



काठमाडौं ।। नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष ओलीबीच छलफल सकिएको छ।

बिहिबार सम्पन्न छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको थियो। आजको छलफल अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।