सांसदलाई प्रचण्डको निर्देशन: ‘ओभर कन्फिडेन्स’ नादेखाउनुस ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सांसदलाई प्रचण्डको निर्देशन: ‘ओभर कन्फिडेन्स’ नादेखाउनुस !



पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्स’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय बैठकमा उनले संसदलाई यस्तो निर्देशन दिएका हुन् ।

निर्देशन दिंदै उनले भने पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ मेहनत गर्छ त्यसैले एकतापछि बढ्ने विरोधलाई सामना गर्ने  शक्तिको बिकास गर्नुहोस  ।

प्रचण्डले भने ओभर कन्फीडेन्ट देखियो भने त्यो प्रत्युत्पादक हुन्छ त्यसैले अर्को पक्षलाई कमजोर ठानेर हामीलाई रिल्याक्स गर्ने छुट हुँदैन ।

विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो कमजोरी गर्दा त्यसलाई बढोत्तरी गर्ने क्रम बढेर जाने उनले बताए ।