समृद्धिको यात्रा सुरु भयो भन्दै भोट हाले प्रचण्डले - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

समृद्धिको यात्रा सुरु भयो भन्दै भोट हाले प्रचण्डले



२१ मंसिर, चितवन ।

पूर्वप्रधानमन्त्री तथा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

 

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।