बाँदरमुढे घटना अहिलेसम्मको ठुलो गल्ती हो : प्रचण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाँदरमुढे घटना अहिलेसम्मको ठुलो गल्ती हो : प्रचण्ड



चितवन-

चितवनको चुनावी गर्मी बढिरहेको बेला ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

३८ जनाको ज्यान जानेगरी भएको उक्त घटना माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं. को बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । वि.सं. २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन ।