विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !



काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् ।

नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समुह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र ईजिप्ट भिड्नेछन् । सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समुह विजेताको टुंगो लगाउनेछ । दुबै टोली सुरुवाती दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् ।

सोही सयममा भोल्गोग्राद एरिनामा साउदी अरेबिया र ईजिप्ट आमने सामने हुनेछन् । सुरुवाती दुई खेल हार्दै समुहबाटै बाहिरिएका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।

आज राति पौने १२ बजे समुह बि का दुई खेल हुनेछन् । सारान्स्क शहरको मोरदोभिया एरिनामा पोर्चुगल र ईरान भिड्नेछन् । दोस्रो चरणमा पुग्न पोर्चुगललाई यो खेलमा कम्तिमा बराबरी गर्नुपर्नेछ । इरानको लागि भने खेल जित्नैपर्ने दबाब छ ।

समुहको अर्को खेलमा स्पेन र मोरक्को भिड्नेछन् । मोरक्को समुह चरणबाटै बाहिरिएको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यस्तोमा समूहबाट अर्को चरणमा उक्लिन स्पेनका लागि यो खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ ।