पोखरा विमानस्थलका विषयमा यथार्थ जानकारी दिन पोखरेलीको माग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पोखरा विमानस्थलका विषयमा यथार्थ जानकारी दिन पोखरेलीको माग



नयाँ पत्रीका :पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चलेका हल्लाको यथार्थ जानकारी दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । विमानस्थलसँग सम्बन्धित विषयमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गतिविधि शंकास्पद भएको भन्दै उनीहरूले स्वयं मन्त्री उपस्थित भएर प्रस्टीकरण दिनुपर्ने माग राखेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पर्यटनविज्ञ समूहमा नियुक्त गरेका विज्ञ समूहका सदस्य वासु त्रिपाठीले मन्त्री अधिकारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम दुवै पोखरा आएर यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन् । मन्त्रालयमा संस्कृति, पर्यटन र नागरिक उड्डयनका छुट्टाछुट्टै विज्ञ रहेको जानकारी गराउँदै उनले नागरिक उड्डयनका विज्ञले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा गलत रिपोर्ट तयार पारेको बताए ।

कार्यक्रममा बोल्दै पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले विमानस्थलका विषयमा पोखराबाटै निर्वाचित भएर मन्त्री बनेका अधिकारीले प्रस्टयाउनुपर्ने बताए । ४० वर्ष लामो पर्खाइपछि निर्माण कार्य सुरु भएको विमानस्थलका बारेमा गलत हल्ला पोखरावासीले सुन्न नचाहेको उनको भनाइ छ ।

के छ प्रतिवेदनमा
पूर्वसचिव वीरेन्द्रबहादुर देउजा नेतृत्वमा क्याप्टेन पिजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्य रहेको नागरिक उड्डयन विज्ञ समूहले दिएको प्रतिवेदमा निर्माण कार्य भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानलाई योग्य नरहेको (आर्थिक हिसाबले) अन्तर्राष्ट्रिय विमानस्थलको आत्मनिर्भरता शीर्षकमा उल्लेख छ ।

‘विमानस्थल आत्मनिर्भर हुन कठिन, त्रिअविको आन्तरिक उडानको बेस बनाउन सके २५/३० वर्षमा आन्मनिर्भर हुन सक्ने लेखिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक अनुमान शीर्षकको नोट १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साना जेट विमान पनि सञ्चालन गर्न कर्मसियल भाएबल हुन सक्ने सम्भावना कम भएको उल्लेख छ ।नयाँ पत्रीकामा खबर छ ।