दोब्बर मतले देउवा अगाडि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दोब्बर मतले देउवा अगाडि



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि छन् । शनिबार बिहान पौने ६ वजे सार्वजनिक गरिएको मत परिणामअनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा दुई हजार ७२६ मतले अगाडि रहेका छन् ।

उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म पाँच हजार ४२६ मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्ट दुई हजार ७०० मतले पछ्याइ रहेका छन् ।

प्रदेश सभा ‘क’ तर्फ एमाले उमेदवार पठानसिँह बोहराले चार हजार ३४६ र कांग्रेस उमेदवार रघुवर भट्टले तीन हजार ६२ ल्याएको छन् । त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ कांग्रेसका कर्णबहादुर मल्लले तीन हजार २०३ र एमालेका डा. तारा जोशीले दुई हजार १६८ पाएका छन् ।