पेट्रोलियम पदार्थको मुल्य बढ्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पेट्रोलियम पदार्थको मुल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने गरि पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर ३\३ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । भाउ बढेसँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।

एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ। मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।