पत्रकार रबि लामिछाने नेपाली नभएर बिदेशी भएको सनसनी पूर्ण खुलासा (प्रमाण सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पत्रकार रबि लामिछाने नेपाली नभएर बिदेशी भएको सनसनी पूर्ण खुलासा (प्रमाण सहित)



काठमाडौं । स्वतन्त्र र सार्वभौम राज्यहरुले सुरक्षा र संचारजस्ता संवेदनशील क्षेत्रमा अनागरिकलाई बिनाशर्त संलग्न गराउँदैनन् । तर हाम्रो मुलुकमा भने यस्ता कुरामा त्यति ध्यान जान दिने गरिएको छैन ।

निकै मानिसले मन पराएर हेर्ने न्युज ट्वान्टी फोरको सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने नेपाली नागरिक नहरहेको जानकारी प्राप्त भएको छ । रविले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको नेपाल बस्न गृहमन्त्रालयमा पेस गरिएका कागजातले प्रमाणित गरेका छन् । विदेशीले नेपाल प्रवेश गर्न वा यहाँ केही समय बस्न पर्यटक भिसा, नाता सम्बन्धको भिसा वा अध्ययनलगायत भिसा लिन सक्छन् ।

यसका लागि नेपाल सरकारलाई डलरमै निर्धारित शुल्कसमेत बुझाउनु पर्छ । रवि पनि यस्तै हैसियतमा नेपाल बसिरहेका छन् । उनले भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामिछानेका भाइका रुपमा गैर पर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् ।

गृह मन्त्रालयले उपलब्ध गराएको नेपाल बस्न विदेशी नागरिकले भर्नुपर्ने फारममा रविले आफ्नो पासपोर्ट नम्बर ५१२९६६९८१ र देशको नाम उल्लेख गर्नु पर्ने कोष्ठमा अंग्रेजी अक्षरको युएस लेखेका छन् । साथै हश्चिन्द्र लामिछाने आफ्ना दाजु भएको नाता प्रमाणपत्र पनि राखेका छन् ।

नेपालीसँग बिहे गरेको विदेशी वा नेपालमा नाता सम्बन्धी भएकोले बस्ने चाहेमा सरकारले एक पटकमा बढीमा एक वर्षसम्मको स्वीकृति दिने गर्छ । यसै प्रावधानअन्तर्गत रविले पनि सन २०१८ सेप्टेम्बरसम्म नेपाल बस्ने अनुमति प्राप्त गरेका छन् ।

गैर पर्यटक नातासम्बन्धी भिसा दुई प्रकारका छन् । एउटा नेपाल आएर बसेपछि एक वर्षसम्म आफ्नो मुलुक जान नपाउने र अर्को विदेशी मुलुकमा नातासम्बन्धी भिसा लिएर बसे पनि आफनो देशमा ओहोरदोहोर गर्न पाउने । यसका लागि सरकाले दुई थरी शुल्क निर्धारण गरेको छ ।

एक वर्षसम्म नेपालमै बस्ने हो भने मासिक ५ का दरले जम्मा ६० डलर र आफनो मुललुकमा जाने आने सुविधा लिँदा जम्मा १२० डलर शुल्क लाग्छ । रविले १२० डलर तिरी मल्टिपल भिसा लिएका छन् । नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् । उनको यो गम्भीरता सक्कली नै हो भने के उनी विदेशी नबनी नेपालमै फर्कन तयार होलान ?

–जनआस्था साप्ताहिकबाट