सञ्चार राज्यमन्त्री बास्कोटाः पत्रकारका मन्त्री पत्रकार नै ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सञ्चार राज्यमन्त्री बास्कोटाः पत्रकारका मन्त्री पत्रकार नै !



पत्रकारिता क्षेत्रमा कपाल फुलाएका गोकुल बास्कोटाले सूचनातथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरूले आफ्नो प्रतिनधित्वको महसुस गरेका छन् । करिब दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा एमाले काभ्रेको प्रमुख भए पछि पत्रकारिता बाट अलग भएर पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।

पत्रकारिता क्षेत्र बुझेका व्यक्तिलाई नै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये केपी ओली पछि दोस्रो लोकप्रिय मत पाएर जितेका बास्कोटाले संसदीय यात्राको पहिलो इनिङमै सरकारमा सहभागी हुने अवसर पाए ।

सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटा क्याबिनेट बैठकमा सहभागी हुने हैसियत सहित सरकारमा गएका हुन् । उनीभन्दा माथि मन्त्री नियुक्त हुने छैनन् । पार्टीको पोर्टफोलियोमा बास्कोटा केन्द्रीय सदस्य नभएका कारण मात्र उनलाई मन्त्रालयको कमाण्ड सम्हाल्ने गरी राज्यमन्त्री बनाइएको हो । सम्भवतः सरकारको प्रवक्ता पनि उनै हुनेछन् ।

काभ्रे २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बास्कोटा पत्रकारिता क्षेत्रमा रहँदा दृष्टि साप्ताहिकका सम्पादक समेत भए । उनी नेपाल पत्रकार महासङ्घमा पनि विभिन्न तहको नेतृत्व गरिसकेका पत्रकार हुन् । बास्कोटाले पत्रकारिता क्षेत्रबारे आफू जानकार रहेकाले यो क्षेत्रका समस्या समाधानका लागि काम गर्ने बताए ।

अनलाईन खबरको सहयोग