२०७५ असार ५, मङ्लबार

युक्रेनमा पत्रकारको गोली हानी हत्या

May 30, 2018
59 Views
Spread the love

युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी थिइन् । उनको एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी विमानको बारेमा लेखेपछि आफूले ज्यान मार्ने धम्की पाएको र त्यसपछि उनले रुस छोडेको बताएका थिए । उनी पहिले चेक गणतन्त्रको प्राग गएका थिए, त्यसपछि मात्रै किएभ आएका हुन् ।

उनले रुस सरकारको आलोचना गर्दै आएका थिए । पूर्व युद्ध रिपोर्टर बबचेन्कोले किएभमा युक्रेनको टेलिभिजन च्यानल एटिआर टिभीमा प्रस्तोताको रुपमा काम गर्दै आएका थिए ।

Facebook Comments

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares11 views
पत्रपत्रिका
0 shares11 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…