उदाहरणीय पात्र– तीन बावु छोरा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उदाहरणीय पात्र– तीन बावु छोरा



राजेन्द्र आचार्य

राजेन्द्र आचार्य
राजेन्द्र आचार्य

बागलुङ जिल्लाकै पूरानो विद्यामन्दिर मा.वि. पुननिर्माणका लागी संचालित धनधाञ्याञ्चल महायज्ञमा रु ५ करोड भन्दा वढि रकम संकलन विद्यामन्दिर पुस्तकालयमा इ.लाइव्रेरी संचालानार्थ अक्षयकोष स्थापनाका लागी रु.१०००।– सहयोग संकलन अभियान जारी, छोटो अवधिमा नै रु.२ लाख ५० हजार भन्दा वढि रकम संकलन । रु.१० लाखको अक्षयकोष स्थापना गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण कार्य सुरु, विभिन्न क्षेत्रवाट सहयोगको सुरुवाट एक हप्तामा झन्डै एक लाख बढी रकम संकलन । केहि दिन यता फेसुवक वाल र अनलाईन न्यूज एंव पत्र पत्रिकाहरुमा पढिरहन पाइने समाचार हुन् यी । असल कामका लागी दिइने आर्थिक सहयोग प्रदान गरेको केहि क्षणमा नै सामाजिक सञ्जालमा फोटो सहित आइपुगिहाल्ने यस्ता सुखद खवरहरुले दाताहरु पनि उत्साहित हुने र यो क्रमले निरन्तरता पनि पाउने गरेको देखेको छु मैले । कतिपयले त अनुमान पनि लगाईसक्नुभए होला । माथि उल्लेखित महान अभियानका अभियन्ताहरु एकै घरका तीन बावु छोराहरु हुन् भनेर । बुवा लालचन्द्र राजभण्डारी, जेठा छोरा राजेशचन्द्र राजभण्डारी र कान्छा छोरा मुकेशचन्द्र राजभण्डारी एकै परिवारका तीन सदस्य छुट्टाछुट्टै तिन अभियानमा संलग्न । सवै क्षेत्रवाट उत्साहजनक रुपमा साथ र सहयोग । उल्लेखित तीन बावु छोराको कठा यत्तिमै सिमित छैन । तेसो त बुवा लालचन्द्र राजभण्डारी पूर्व शिक्षक, साहित्यकार र शैक्षिक क्षेत्रको उन्नयनका लागी लागीपरेका उदाहरणीय व्यक्तित्व । तेजरत्न स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, उच्च शिक्षा अध्ययनमा अव्वल तर आर्थिक स्थिति कमजोर भएका सवै वर्गका बिद्यार्थीहरुका लागी बर्षेनी उक्त कोषको रकमवाट छात्रवृति प्रदान गर्दै आएको कोषको संस्थापक अध्यक्ष, शंखधर बहुउदेश्यीय सहकारी संस्थाका पूव अध्यक्ष । यस पूर्व करिव सात आठ वर्ष पहिले रुद्रेपिपल मा.वि.को भवन निर्माण समितिको अध्यक्ष भई महायज्ञ सम्पन्न गरी बिद्यालयको नयाँ भवन स्वरुप निर्माण भइसकेको । २०७२ बैशाख १२ र २९ को महाभुकम्पबाट जिल्लाको सवैभन्दा पुरानो र प्रतिष्ठित बिद्यालय बिद्यामन्दिर मा.वि. क्षतिग्रस्ट भई बिद्यार्थीहरुलाई पठन पाठनमा असुविधा भए पछि उक्त भवन भत्काएर नयाँ भवन निर्माण गर्ने सोँच अगाडी आयो, पुरानो भवन भत्काइया, नयाँ भवनको नक्सा तयार भयो, लागत स्टेमिट आयो– रु ५ करोड भन्दा वढि । यत्रो पैसा कसरी जुटाउने ? सरकारले एकै पटकमा त्यत्रो रकम नदिने, दिइहाले पनि बर्षो लाग्ने । सबैले एउटै उपाय सुझाए–बिद्यालयको नयाँ भवन निर्माणका लागी धनधाञ्याञ्चल महायज्ञ लगाउने र त्यसै मार्फत रकम संकलन गर्ने । सरोकारवाला सवै जम्मा भए, महायज्ञ त गर्ने, तर त्यस्को अध्यक्षको जिम्मेवारी कस्ले लिने ? बागलुङ बजारका धेरै प्रतिष्ठीत सामाजिक व्यक्तित्वहरुको नाम अगाडी आयो, सुरुमा नेतृत्व लिन खासै कसैले चासो देखाएनन्, यसै क्रममा लालचन्द्र राजभण्डारीको नाम पनि आयो । उनले सहर्ष स्वीकार पनि गरे । उनकै अध्यक्षतामा महायज्ञ मूल आयोजक समिति गठन भयो, महायज्ञ सम्पन्न पनि भयो र ५ करोड भन्दा वढि रकम पनि उठ्यो । महायज्ञ पश्चात पनि रकम उठ्ने क्रम जारी छ । लालचन्द्र राजभण्डारीको एकल प्रयासले मात्र यज्ञ सम्पन्न भएको होइन यसमा सरोकारवाला सवै पक्षले साथ सहयोग दिएर मात्र सफल भएको हो, भन्ने कुरा स्वाकार्नुहुन्छ स्वयम लालचन्द्र राजभण्डारी । तर नेतृत्वको श्रेय लालचन्द राजभण्डारीलाई नै जान्छ । त्यस्तो त लालचन्द्रको योगदान यत्तिमा मात्र सिमित छैन, बागलुङ जिल्लाको सवैभन्दा सवैभन्दा पुरानो पुस्तकालय बिद्यामन्दिर पुस्तकालय, जसलाई स्वर्गीय ओमप्रसाद गौचन र स्व. मेघकुमार बैद्यले २००३ सालमा स्थापना गरेका थिए । उक्त पुस्तकालयको २०२४ सालमा लालचन्द्रले नेतृत्व गरिसकेका छन् । यसै प्रसंगमा अर्को सुखद पक्ष के पनि छ भने एउटै संस्थामा तीन बावु छोराले नेतृत्व गरेको कुनै संस्था छ भने, त्यो हो बागलुङको बिद्यामन्दिर पुस्तकालय । जसको अध्यक्षमा २०२४ सालमा बुवा लालचन्द्र, २०६० मा कान्छा छोरा मुकेश र २०७१ देखि हालसम्म जेठो छोरा राजेशले सम्हालिरहेका छन् ।

बागलुङ बजारको पुरानो आदिवासी राजभण्डारी परिवार मध्येकै एक परिवार हो लालचन्द्रको । त्यसो त यो परिवार बावु वाजेको पालादेखी कै सम्भ्रान्त परिवार पनि हो । दुई छोराहरुलाई हुर्काइ, वढाई, पढाई गरिसके पछि कुनै सरकारी जागिरमा वा ठूलै व्यापारमा संलग्न गराउन पनि सक्थे लालचन्द्र दुई छोराहरुलाई तर पुरानौ आफ्नो पुस्तैनी पेशा लालचन्द्र राजेशचन्द्र पुस्तक तथा पत्रपत्रिका पसललाई आफूले निरन्तरता दिए र दुवै छोराहरु पनि यसैमा रमाइरहेका छन् । बावुको प्रेरणा पनि हुन सक्छ दुवै दाजुभाई पत्रकारिता पेशा तिर आकर्षित भएर बागलुङ जिल्लाको नेतृत्व सम्हालिसकेका छन् । प्रसंग पुनः बिद्यामन्दिर मा.वि. पुर्न्निर्माणकै । लालचन्द्रले बिद्यालय पुननिर्माणको लागी आयोजित महायज्ञ मूल आयोजक समितिको अध्यक्ष मात्र सम्हालेनन्, २५ कोठे नयाँ विद्यालय भवनका लागी प्रति एक कोठा बापत लाग्ने रकम रु.१२ लाख ५० हजार रकम समेत बिद्यालयलाई नगदै दान गरे । यो क्रम जारी रहदै गर्दा बिद्यालयका संस्थापक स्वर्गिय ओम प्रसाद गौचनका छोरा ओमकार प्रसाद गौचन लगायत बागलुङका प्रतिष्ठित व्यापारी, उद्योगपति, भुतपूर्व बिद्यार्थीहरु समेत सवै भएर धेरैले एक कोठा निर्माण बापत १२ लाख ५० हजार उपलव्ध गराए र अव बिद्यालय नयाँ भवनमा परिणत हुने पक्का पक्की भएको छ र निर्माण कार्य दु्रत गतिमा अगाडी पनि बढिरहेको छ ।

जेठा छोरा राजेश नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष, उद्योग बाणिज्य संघ बागलुङको प्रेस सल्लाहकार, लायन्स क्लव अफ धौलागिरीको पूर्व अध्यक्ष, एभिन्युज टेलिभिजनको बागलुङको सम्वाददाता र हाल बिद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष । जुन संस्थामा उनले नेतृत्व गरे त्यहाँ उनी पूर्ण रुपमा सफल भएको बागलुङबासीहरु बताउछन् । नरम र मिजासीलो वोलीका धनी राजेश बुवा, आमा, भाई र घर परिवारको रेखदेख जेठो छोराको नाताले कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । बिद्यामन्दिर पुस्तकालयको अध्यक्ष भए पछि उनी र उनको कार्य समितिले पुस्तकालयको स्वरुप नै परिवर्तन गराईदिएका छन् । उनकै अग्रसरतामा धेरैले पुस्तकालयको आजिवन सदस्यता लिएका छन् । दुई जना तालिमप्राप्त शिक्षिका राखेर पुस्तकालय हाता भित्रै मन्टेश्वरी बालकक्षा सञ्चालन भइरहेको छ, जहाँ दैनिक २० जना बालवालिकाहरु रमाउदै, खेल्दै, पढ्दै गरेको मैले दिनहुँ मेरो घरको छठवाट नियालिरहन्छु । पदिय जिम्मेवारीलाई कुशलतापूर्वक निभाउदै राजेशले बर्तमान प्रविधियुक्त परिवेशमा पुस्तकालयमा इ–लाइव्रेरी स्थापना गरेर स्कुले बिद्यार्थी र अन्य आम पाठक वर्गले १० हजार भन्दा वढि पुस्तक कम्प्युटर माध्यमवाट पढ्न सकिने गरी व्यवस्थापन गर्दैछन् । यसवाट पुस्तकालयमा अध्ययन गर्न आउने पाठकको संख्या त बढेकै छ । अर्को्तिर कम्प्युटर नभएर अध्ययनवाट वञ्चित बिद्यार्थीहरु बढि लाभान्भित भएको त्यहाँ आउने स्कुले बिद्यार्थीहरु बताउछन् । यसै कामलाई संस्थागत गर्न रु १० लाखको अक्षयकोष स्थापना अभियानमा कतिवद्ध राजेशलाई सवैको साथ सहयोग प्राप्त भइरहेको छ, झन्दै २ महिनाको अन्तरालमा साढे २ लाख रकम समेत संकलन भइसकेको छ । राजेश र उनको पुस्तकालय कार्य समितिको यो टिमलाई प्रभुत्व वर्गको साथ र सहयोग रहिरहने छ, हामी यही कामना गर्दछौ । राजेशको अर्को सवल पक्ष समाचार लेखन र संकलन पनि हो । आफू कार्यरत मिडिया हाउसमा उनका थुप्रै खाले समसामायिक लेखहरु पढ्न पाइनु पनि हो । र टेलिभिजनको हकमा उनी सम्वाददाता रहको एभिन्युज टेलिभिजनमा बागलुङको बिकास र सामाजिक सेवाका कामहरु प्राथमिकताका साथ प्रशारण भइरहन्छन् । जुन कुरा बागलुङेहरुका लागी गर्वको विषय पनि हो । अव थोरै चर्चा गरौ कान्छो छोरा मुकेशको । स्वभावले उनी अरुहरुलाई अत्यन्त उपयोगी र महत्वपूर्ण सुझाव दिने व्यक्ति हुन् । देखेको कुरालाई छोटकरीमा र सटिक ढंगले प्रस्तुत गर्न सक्नु उनको खुवी हो । जुन सुकै सभा समारोहमा आजकल मानिसहरु लामो लामो भाषण गरेर थाक्दैनन्, तर मुकेश एउटा मात्र यस्तो उदाहराणीय पात्र हुन्, जसले समयको महत्वलाई वुझेर संक्षित्तमा भाषण गर्दछन् र भन्नु पर्ने कुरा पनि छुटाउदैनन ।

सानै उमेरमा पत्रकारिता पेशा तर्फ आकर्षित मुकेश हाल पत्रकार महासंघ बागलुङको अध्यक्ष पनि हुन् । विद्यामन्दिर पुस्तकालयमा दाजु भन्दा पनि अगाडी अध्यक्ष बन्ने पनि उनी नै हुन् । उनकै अध्यक्षताका पालामा पुरानो र जिर्ण अवस्थामा रहेको बिद्यामन्दिर पुस्तकालय रिड नेपालको करिव १६ लाख र बाँकी चन्दा तथा जनश्रमदानवाट अहिलेको सुविद्यासम्पन्न पुस्तकालयको भवन निर्माण भएको हो, जसलाई इ–लाइव्रेरीमा परिणत गर्दैछन् मुकेशका दाजु राजेशले । पुस्तक अध्ययनमा असाध्यै रुचि राख्ने मुकेशले दार्श्निकहरुको सवै जसो पुस्तकहरु अध्ययन गरिसकेको बताउछन् र सफल व्यक्तिहरुको जिवनीमा आधारित पुस्तकहरु पढ्न अरुलाई पनि सुझाउछन् । विभिन्न साना ठूला सामाजिक संस्थाहरुको विभिन्न पदहरुमा वसेर काम गरिसकेका मुकेशले परिवर्तन नामक सहकारी संस्थाको नेतृत्व पनि कुशलतापूर्वक गरिसकेको छन् भने बागलुङवाट प्रकाशित हुने गर्जन साप्ताहिकमा करिव ६ महिना जति कार्यकारी सम्पादकको रुपमा समेत कार्य गरिसकेका छन् । पारिवारीक प्रेरणा भनौ या जागरुक युवा नेतृत्व, जसले अलि फरक ढंगले र केहि न केहि नयाँ चिन्तनले काम गर्ने मनस्थीति निर्माण गर्दछ । त्यो चिन्तन मुकेशमा पाइन्छ । लामो समयदेखि चर्चामा रहेको नेपाल पत्रकार महासंघको भवन निर्माणमा उनी यसरी होमीसकेका छन् की सुरुवाटकै केहि दिनमा झन्दै २ लाख रकम सहयोग जुटाउन उनी सफल भइसकेका छन् र सहयोगी सवै निकायहरु, जिल्लाका जनप्रतिनिधि लगायत सवैमा सहयोगको अपिल गरेका छन् । जसवाट बागलुङले पत्रकार महासंघको भवन मात्र होइन, सुविधासम्पन्न सभाहल, इ–लाइव्रेरी र सूचना केन्द्र पनि प्राप्त गर्नेछ । यो अभियानमा मुकेशलाई बागलुङमा क्रियाशिल सवै पत्रकार र अन्य निकायहरुले साथ र सहयोग दिएका छन् । संयोगको कुरा भनौ या क्रियाशिलता यी माथि उल्लेखित एकै परिवारका तीन बावु छोरालाई एकै पटक यो अवसर मिलेको छ । र समाजका लागी प्रेरणाका श्रोत पनि । आउनुस् तपाई हामी पनि मिलेर समाजको लागी केहि गर्न अग्रसर यस्ता व्यक्तित्वहरुको हौसला वढाउने काममा हातेमालो गरौँ ।