यी पर्यटनमन्त्री हुन कि नयाँ श्री ५ ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी पर्यटनमन्त्री हुन कि नयाँ श्री ५ ?



काठमाडौं-एक आशा गरिएका मन्त्रीमध्ये पर्छन रविन्द्र अधिकारी तर, पछिल्लो समय जब उनि अनेक काण्डमा विवादित बनिरहेकाछन् । यसले एउटा जमातमा पुरै नैराश्यता सञ्चार भैरहेको छ ।

सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर आफुै पैदल यात्रा हिडेको तस्वीर सामाजिक संजालमा भाईरल भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पुन: आलोचित बनेका हुन् ।

सामाजिक संजालमा तस्वीरलाई लिएर अनेकौ टिकाटिप्पणी भएका छन् ।

राजा, महाराजाले पनि यसरी नेपाली सेनालाई प्रयोग नगरिएकोले यो हर्कत श्री ५ भन्दापनि बढी भएको सम्मको आलोचना सामाजिक सञ्जालमा  भैरहेको छ ।

एउटा आशा गरिएको मन्त्री पनि खुइलिएको सम्मको आरोप उनलाई युवाहरुले लगाएका छन ।

सुर्खेत गएका मन्त्री अधिकारीलाई एक सुरक्षाकर्मीले छाता ओडाएर हिँडेका थिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको ‘खोजी गर्न’ नागरिक उड्डयन तथा पर्यटन मन्त्री अधिकारी सुर्खेतमा पुगेका थिए ।

प्रदेशको राजधानी उपत्यकामा सम्भावना नभएकाले अब उपत्यकाबाहिर अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुने सम्भावना बोकेको विमानस्थलको खोजी गर्ने उद्देश्यका साथ मंगलवार सुर्खेतमा आएको उनले बताएका थिए ।

तस्वीर: सामाजिक सञ्जाल